नेविसंघद्वारा रक्तदान

609

14731253_870965896337271_4413210557469429202_n 14798901_871017492998778_173406048_n

बीरगंज ४ असोज ।नेपाल बिद्यार्थी संघ ठाकुुरराम बुहमुखी क्याम्पस र्इंकाई समितिले बिहिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका इकाई अध्यक्ष बद्री तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन । रक्त संचार केन्द्रमा रगत अभाव भएपछि नेविसंघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्त संचार केन्द्रले रगत अभाव भएपछि सामाजिक संघ संस्थाहरुलाई रक्तदान कार्यक्रमको आयोजना गर्न अपिल गरेको थियो । केन्द्रले आफनै कार्यालमा आकस्मीक रक्तदान समेत आव्हान गरेको थियो । आकस्मिक रुपमा आव्हान गरिएकोमा पनि रक्तदाताहरुको सहभागिता जनाएर रक्तदान गरेको रक्त संचार केन्द्रले जनाएको छ ,
नेपाल बिद्यार्थी संघले बिहिवार बिहान क्याम्पसमै आयाजना गरेको कार्यक्रममा तारा थापा,बिश्वास द्विवेदी प्रदीप पटेल,  हरि ओम यादव,धर्मेन्द्र मिश्र,mनोज पटेल अमित कुशवाहा  अशोक साह लगायतले रक्तदान गरेको इकाई अध्यक्ष तिवारीले बताए । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र बीरगंजका प्राविधिकहरुले सहयोग पु¥याएका थिए ।