प्रहरीको क्षमतामाथि गम्भिर शंका,दोषी पत्ता लगाउ सभासदः यादव

595
स्व.पटेल

बीरगंज ४ कात्तिक । गत असोज महिनाको १९ गते बेलुका रहस्यमय तरिकाले हत्या गरि फालिएका पर्सा जिल्ला रामनगरी स्थायी घर भै हाल बीरगंज १६ बस्ने बिनोद पटेलका १० बर्षीय छोरा राजन पटेलका हत्यारा अझै पनि पर्सा प्रहरीले पत्ता लगाउन सकेको छैन । बीरगंज चिनी कारखानाको पछाडीपट्टी हत्या गरेर फालिएको अवस्थामा बालक पटेलको शव बरामद भएपनि उनलाई कसले के कति कारणले हत्या गर्यो भन्ने बारेमा कुनै सुराक अर्झै पनि पर्सा प्रहरीले पत्ता लगाउन नसकेको प्रति स्थानीयले आक्रोश ब्यक्त गरेका छन । दोषीलाई  पक्राउ, गरि अनुसन्धान र कानूनी प्रकृयाको प्रारम्भ नगर्नुले पर्सा प्रहरीको दक्षतामाथि नै प्रश्न उठाउन थालिएको छ । मृतकका घर परिवारमा अहिले पनि कसैको आँखा ओभाउन पाएको छैन भने अपराधी पत्ता लगाउन नसक्दा थप त्रासको वातावरणमा पुरै परिवार रहेको अवस्था छ । सँगै रहेको वडा प्रहरी कार्यालय श्रीपुरले पनि यस सन्बन्धमा कुनै कारवाही अघि नबढाऊँदा स्थानीयहरु प्रहरीको भूमिका नै शंकास्पद रहेको आरोप लगाउन अग्रसर भएका छन । अबोध बालकले के नै पो अपराध गर्यो र उनलाई हत्या गरियो ? सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामनरेश यादवको प्रतिप्रश्न छ । अवोध वालकको हत्याले आफू आश्चर्यमा परेको बताएका यादवले हत्यारालाई कानूनी दायरमा ल्याउने कुरामा प्रहरीले बिश्वासीलो काम गर्न नसेकेकोमा दुखीत छन । कानूनी शासनलाई चुनौती दिने अपराधीहरुलाई बिदेशी भूमिबाट ल्याएर दोहोरो भिडन्त भन्दै हत्या गर्न सक्ने प्रहरीले  निर्दोष बाललको हत्यारालाई पहिचान गर्न नसक्नु आफैमा यक्ष प्रश्न बनेको छ । यसैवीच पर्सा क्षेत्र नं २ बाट ब्यवस्थापिका संसदको सदस्य रहेका माननीय सभासद बिचारी यादवले निर्दोष बाललको हत्या संलग्न रहेका हत्यारालाई कानूनी दायरमा ल्याउन स्थानीय प्रशासनसंग माग गरेका छन । सभासद यादवले आफ्नो निर्बाचन क्षेत्रमा भएको घटनामा संलग्नहरुलाई कारवाही गर्न प्रहरीले सक्रियता नदेखाएको प्रति चिन्ता ब्यक्त गरे उनले भने प्रहरीको यही रबैया रह्यो भने संसदमा कुरा उठाउनु पर्ने अवस्था आउछ । प्रहरीको नियमित कामका सन्दर्भमा संसदमा कुरा उठाउनु पर्ने अवस्था आयो भने त्यो दूर्भाग्यपूण हुने उनले बताए ।