कार्की विरुद्ध महाअभियोग तार्किक निष्कर्षमा पु¥याउ

332

बीरगंज ७ कार्तिक । व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुतm लोकमान सिंह कार्की विरुद्ध दर्ता गरिएको महाभियोग प्रस्तावलाई बीरगंजमा नागरिक समाजका बिभिन्न सरोकार समुले स्वागत गरेका छन  । नागरिक समाजका अगुवाहरुद्वारा एक अपिल जारी गरि यो सही दिशामा चालिएको एउटा सकारात्मक कदम हो भनिएको छ । नेपालको नागरिक समाजले कार्की नियुक्तिको प्रकृयाको दौरानमा नै निज यस पदका लागि सर्वथा अनुपयुक्त तथा अयोग्य व्यक्ति भएको एवंं उनलाई अख्तियार प्रमुखमा गरिने नियुक्तिले जनआन्दोलनको मर्म एवं भावनामा गम्भिर आघात पुग्दछ भनेर व्यापक खबरदारी गरेको तथ्य सर्व विदितै छ ।

आयोगको प्रमुखमा नियुक्त भएपछि उनले पद एव अख्तियारीको व्यापक दुरुपयोग गर्दै कार्यपालिका एव न्यायपलिका समेतको भुमिका निर्वाह गर्न थाले । वास्तवमा भन्ने हो भने उनले  संवैधानिक सिमालाई अतिक्रमण गर्दै आफूलाई गैरसंवैधानिक शक्ति केन्द्रको रुपमा स्थापित गर्ने कोशिस गरे । विधिको शासनलाई निस्तेज पार्दै भ्रष्ट एव अपराधीलाई संरक्षण प्रदान गर्ने कार्य उनीबाट हुदै आयो  । न्यायालय एव विश्वविद्यालय लगायत लोकतान्त्रिक संस्थाहरुको मान मर्दन गर्ने कार्य समेत हुँदै आयो । उनको  नेतृत्वमा संविधानबाट गठित आयोग नै भ्रष्टाचार एव अनियमितताको अखडा बन्न पुग्यो । यसबाट नागरिकको सुशासन तथा स्वच्छ सरकारको सपना माथि गम्भिर तुसारापात भएको छ ।

रायमाझी अयोगले जनआन्दोलनको दोषी करार गरेको व्यक्तिलाई संवंधानिक आयोगको प्रमुखमा नियुक्ति गरेकोले नै आज यस्तो अवस्थाको सृजना भएको नागरिक समाजको अपिलमा उल्लेख छ । उनी विरुद्ध दर्ता भएको महाभियोग प्रस्तावलाई अत्याधिक बहुमतले पारित गर्नु नै आजको राष्ट्रिय आवश्यकता हो भन्दै बीरगंजका नागरिक अगुवाहरु कमलमोहन पोख्रेल,के.सी.लामिछाने,अरविन्द सिंह सुरेश बिडारी,शिवनाथ यादव,जियालाल साह,ओमप्रकाश सर्राफद्वारा जारि अपिलमा संसदका सम्पूर्र्ण सदस्य एव राजनितिक दलका नेताहरुलाई संसदमा विचाराधिन महाभियोग प्रस्तवालाई अत्यधिक बहुमतले पारित गर्न अपिल गरिएको छ  ।