बटिकामा रक्तादन सम्पन्न

156

बीरगंज ७ कार्तिक । ज्ञान वाटिका उच्च माध्यमिक बिद्यालय, वाटिका फर्मा र मंगलम डैगनोस्टिकको संयुक्त आयोजना आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिद्यालय परिसरमा भएको रक्तदानमा ३ महिला सहित ४२ जनाले रक्तदान गरेका छन् । ‘रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस,’भन्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको वाटिका ग्रुपका प्रमुख कार्यकारी निर्देशक डा. अनुज यादवले बताए । बीरगंज स्तिथ रक्त संचार केन्द्रमा रगतको चरम आभाव पछि सो कार्यक्रमको आयोजना गरिएको डा. यादवले बताए ।

कार्यक्रममा ज्ञान ज्ञान वाटिका उच्च माध्यमिक बिद्यालयका संथापक तथा वाटिका ग्रुपका अध्यक्ष हरिहर प्रसाद यादव, स्कुलका प्रधानअध्यापक डा. अन्जु यादव, स्कुलका संयोजक आशु सर्राफ, समाज सेवी अरविन्द सिंह र ब्लड बैंक बीरगंजका अध्यक्ष प्रविण मानन्धर लगायतको सहभागिता रहेको थियो ।

रक्त संचार केन्द्रका प्रमुख प्रविण मानन्धरबाट प्रमाण पत्र ग्रहण गर्दै बाटिका ग्रुपका अध्यक्ष हरिहर यादव
रक्त संचार केन्द्रका प्रमुख प्रविण मानन्धरबाट प्रमाण पत्र ग्रहण गर्दै बाटिका ग्रुपका अध्यक्ष हरिहर यादव

कार्यक्रममा पत्रकार, डाक्टर, शिक्षक, विद्यार्थी तथा अन्य पेस कर्मीले रक्तदान गरेका थिए ।