‘पिङक इन द स्काई’ कार्यक्रम समपन्न

461

विरगंज, ११ कार्तिक – वाटिका ग्रुप नेपाल र सानो पाइला (ए लिटिल स्टेप)को संयुक्त आयोजनामा ‘पिङक इन द स्काई’ नामक कार्यक्रम वीरगंजमा समपन्न भएको छ । स्तन क्यान्सर सम्बन्धि स्थानियलाई जनकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्था वाटिका ग्रुपका प्रमुख कार्यकारी निर्देशक डा. अनुज यादवले जनाएका छन् ।

विरगंज  घण्टाघरबाट निस्केको र्यालीले माईस्थान, महाविर स्थान, अलखिया मठ, आदर्शनगर, घडिअर्वा हुदैँ पुनः घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै कोशिस संस्थाका संस्थापक मदन गुप्ताले यस्ता जनचेतना मुलक कार्यक्रमहरुले महिला स्तनहरुको बारेमा जागरुकता गराउन महत्वपुर्ण योगदान पुर्याउने धारना व्यक्त गर्नु भएको थियो । उहाँले स्तन क्यानसरका बारेमा ग्रामिण भेगका महिलाहरु अझै अनभिज्ञ रहेको भन्दै ग्रामिण स्तर सम्म यस्ता कार्यक्रम पुर्याउनु पर्ने बताउनु भएको थियो ।

pink-in-the-sky-6

यसैगरि कोणसभालाई सम्बोधन गर्दै समाजिक अभियन्ता प्रकाश थारुले स्थन क्यानसर विश्व मै एक भ्यानक रोगको प्रकोप लिदै गएकोले यसबारेमा जनस्तरमा व्यापक जनचेतना फैलाउनु पर्ने आवश्यक्ता रहेको औल्याउनु भएको थियो । उहाँले जहाँ सुचना सञ्चार पुगेका छन् त्यहाँ पनि धेरै महिलाहरु यसका बारेमा अनभिज्ञ छन् जसरी अन्य रोगहरुका बारेमा खुबै प्रचार प्रसार र दिवसहरु मनाउने गर्दछन् त्यसैगरी स्तन क्यानसरका बारेमा पनि प्रचार प्रसार गर्नुपर्ने बताएका थिए ।

त्यसैगरि वोमेन स्किल सेन्टरकि निहारिका दासले महिलाहरुलाइ आफ्नो ख्याल राख्न र कुनै पनि समस्या परेमा डाक्टरको सहयोग लिन आग्रह गरेकी थिइन् । कार्यक्रमको सहजीकरण सानो पाइलाका रौनक राज सर्राफले गरेका थिए ।