छठ पर्बको अवसरमा रक्तदान कार्यक्रममा १९ गते सहभागी हुन अनुरोध

529
वीरगन्ज १७ ,कातिक हिन्दुहरुको महान पर्ब छठको अवसरमा घडीअर्वा स्पोर्टस क्लबले वीरगन्जमा आगामी शुक्रबार  कात्तिक १९ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ  । हरेक वर्ष छठ पर्बको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको घडीअर्वा स्पोर्टस क्लबले यसपाली पनि छठ पर्बको अवसरमा आगामी शुक्रबार  कात्तिक १९ गते वीहान ७ बजे वीरगन्जमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।  उक्त रक्तदान कार्यक्रममा सक्रिय भइ रक्तदान गरेर मानवीय सेवामा सहयोग गरिदिन हार्दिक अनुरोध घडीअर्वा स्पोर्टस क्लब , वीरगन्ज अध्यक्ष लखनलाल गुप्ताले गरेका छन । रक्तदान कार्यक्रम घडीअर्वा पोखरी परिसरमा हुने छ ।