४ महिला सहित १०५ द्वारा रक्तदान

758
तस्बिर : सुयश श्रेष्ठ

विरगंज, १९ कार्तिक – हिन्दुहरुको माहान पर्व छठको उपलक्ष्यमा घडीअर्वा स्पोर्ट्स क्लबको आयोजना आज रक्तदान कार्यक्रम संपन्न भएको छ । प्रत्येक बर्ष छठ पूजाको अवसरमा हुने रक्तदान कार्यक्रममा यस बर्ष ४ महिला सहित १०५ जाना ले रक्तदान गरेको क्लबका अध्यक्ष् लखनलाल गुप्ताले जानकारी दिए । रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस्,’भन्ने अभिप्रायले उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष् गुप्ताले बताए ।

घडीअर्वा पोखरी परिसरमा आयोजना भएको उक्त रक्तदान कार्यक्रमको अध्यक्ष्ता क्लबका अध्यक्ष् लखनलाल गुप्ताले गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि अधिवक्ता पन्नालाल गुप्ता रहनुभएको थिए । नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फुल महममद मिया बिशिष्ठ अतिथितवमा सम्पन्न भएको उक्त कार्यक्रममा छठ पूजा व्यस्थापन समितिका अध्यक्ष् बाल्मिकी साह, रक्त संचार केन्द्र पर्साका अध्यक्ष् प्रविन मानन्धर समेतको उपस्तिथि रहेको थियो ।

त्यसैगरी बरिष्ठ उपाध्यक्ष हिरा साह कानु, मनोज साह कानु, सचिब मनोहर साह कानु, क्लबका पूर्ब अधयक्ष सुशिल गुप्ता लगायतको पनि उपातिथि रहेको कल्बका सदस्य निखिल बर्नवालले जानकारी दिए । कार्यक्रम सञ्चालन क्लबका सचिब प्रभाकर गुप्ताले गरेका थिए ।

कार्यक्रममा सबै रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै कल्बका अध्यक्ष लखनलाल गुप्ताले कलबका गतिविधी, छठ पूजा र रक्तदानको महत्व बारे जानकारी दिएका थिए र कल्बको तर्फाबाट छठ पर्वको शुभकामान पनि व्यक्त गरेका थिए ।

कार्यक्रममा त्यस क्षेत्रका प्रहरी, सेना, डाक्टर, इन्जिनियर, मिडिया व्यक्ति, शिक्षक, व्यावसायिक युवा तथा स्वयंमसेवकहरुले रक्तदान गरेका थिए । कार्यक्रममा सरोज साह, पूजा गुप्ता, ख़ुशी मरहठा, शुशील गुप्ता, लखनलाल गुप्ता, आनंद साह, मनोज साह कानु, सोनू गुप्ता, नीरज साह, कुलदीप गुप्ता, अरबिंद साह, जीतेन्द्र सिंग, सोनालाल साह कानु, प्रदीप गुप्ता लगायत अन्य १०५ जनाले रक्त दान गरेको सचिब प्रभाकर गुप्ता ले जानकारी दिए ।

घडीअर्वा स्पोर्ट्स कल्बली पछिल्लो १५ वर्ष देखि छठ पुजाको आयोजना गर्दै आइरहेकोछ भने बिजतका केहि वर्ष देखि रक्तदान र सामाजिक हित सम्बन्धि अन्य धेरै कार्यक्रमहरु योजना गर्ने गरेको छ ।