प्रहरीको गैरजिम्मेवार निर्णयले ढुवानी प्रभावित

1783

वीरगन्ज– प्रहरी प्रशासनको मनोमानी निर्णयले गर्दा पर्साका खुद्रा ढुवानी व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीहरु बिहिबारदेखि नै सम्पूर्ण ढुवानी ठप्प पारी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन । ट्रान्सर्पोट एशोसिएशन पर्साले बुधबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रशासनको गलत निर्णयले गर्दा सम्पूर्ण ढुवानी व्यवसायी मारमा परेको गुनासो गरेका छन् । ट्राफिक व्यवस्थापनको नाममा प्रहरीले दिएको मौखिक आदेशका कारण ढुवानी ठप्प हुने अवस्था आएको संघका अध्यक्ष बालकृष्ण पोखरेलले बताए ।

गत शुक्रबार स्थानिय प्रहरी प्रशासनले ट्राफिक समस्या देखाएर विहान ११ बजेदेखि ३ बजेसम्म नगर क्ष्ँेत्रभित्र प्रवेश गर्दै आएका ठूला सवारी साधनमा एक्कासी रोक लगाएपछि ढुवानी व्यवसायी आन्दोलित भएका हुन । प्रहरीले राति ८ बजेदेखि विहान ७ बजेसम्म मात्र मालवाहक ट्रक नगरक्ष्ँेत्रमा प्रवेश गर्न दिने मौखिक आदेश दिएको छ । पत्रकार सम्मेलनमा एशोसिएशनका अध्यक्ष बालकृष्ण पोखरेलले नगरक्षेत्र भित्र एक्कासी ठूला सवारी आवागमन बन्द गर्दा व्यवसायी नै चौपट हुन पुगेकोले बाध्य भई आन्दोलनमा उत्रिनु परेको बताए । बर्षौ देखि नगर क्षेत्रमा ठूला सवारी साधन आवागमन हुदा केहि समस्या नहुने आज एक्कासी ट्राफिक समस्या कसरी आयो स्थानिय प्रशासन संग प्रश्न गर्दै अध्यक्ष्ँ पोखरेलले भने हाम्रो व्यवसायीलाई निरुत्साहित गर्न प्रहरी प्रशासनले एकलौटी मौखित निर्णय गरेको आरोप लगाए । नया“ समय अनुसार रातको समयमा गाउ“बाट कामदार आउन नसक्ने हुनाले सामान लोड÷अनलोड गर्न समस्या भएको छ । उनले भन्ने जिल्लामा रहेको ५९ वटा खुद्रा ढुवानी व्यवसाय बन्द हुदा ३५ वटा जिल्ला प्रभावित हुने छ । जिल्लाबाट ५० प्रतिशत भन्दा बढी ढुवानी काठमाण्डौमा मात्र आपुति गर्दै आएको हुनाले बन्दले गर्दा बढी राजधानीनै प्रभावित हुने उनले बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष्ँ पोखरलले भने ठूला सवारी साधन प्रवेश निषेदले गर्दा ग्रामिण भेगबाट दैनिक ज्यालादारी गर्न आएका सयौ मजदुरहरु वेरोजगार हुने बताए । ट्राफिक प्रहरीले ठूला गाडी प्रवेश गर्न नदिएपछि दिनभरी खुद्रा समान ओसार पोसार नभएपछि सयौ मजदुरहरु बेरोजगार हुने गुनासो समेत उनले गरे । कार्यालयहरुमा कर्मचारी भएपनि ढुवानी हुन नसकेपछि कर्मचारीहरु एतिकै समय विताउन बाध्य भएपछि चौतर्फी रुपमा समस्या भएकोले आन्दोलनको विकल्प नरहेको अध्यक्ष्ँ पोखरेलले बताए । उनले भने समस्या समाधान गर्नको लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा जादा कुनै सुनवाई नभएपछि आन्दोलनमा जानुपर्ने बताए । यता स्थानिय प्रशासनले ट्राफिक समस्या देखाएर विहान ७ बजे पहिला र बेलुकी ८ बजेपछि मात्र हेभी गाडी नगरभित्र प्रवेश गर्न दिएको छ । पत्रकार सम्मेलनमा एशोसिएशनका उपाध्यक्ष प्रशान्त श्रेष्ठ, कोषाध्यष्ँ सन्तोष शर्मा, सचिव नवराज अधिकारी र सदस्य श्याम प्रसाद उप्रेती लगायतको सहभागिता रहेको थियो ।