बीरगंज स्वस्थ्य र हराभारा होस ःराष्ट्रपती भण्डारी

802

बीरगंज ९ मंसीर

राष्ट्रपती बिद्यादेवी भण्डारीले योग साधनाबाट मानसिक शान्ति र शारिरिक ज्ञान प्राप्त हुने बताएकी छन् । वीरगन्जको आदर्शनगर रंगशालामा आजदेखि सुरु भएको ५ दिने योग विज्ञान शिविरको उद्घघाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । ‘योगका माध्यमले स्वस्थ्य जीवनको प्राप्ति हुन्छ ,उनले भनीन, हाम्रो देश कैयौं ऋषिमुनीका लागि योग साधना स्थल हो । आयुर्वेद विज्ञान र योगविज्ञान संयमित र स्वस्थ्य जीवनको संमिश्रण रहेको बताउदै उनले फेरि भनीन योगकै माध्यमले स्वस्थ्य र हराभरा वीरगन्ज बन्न सकोस म कामना गर्छु ।’
इोग विद्याको विकासमा योग गुरु रामदेव र आयुर्वेदज्ञाता आचार्य बालकृष्णले पु¥याएको योगदान सराहनीय रहेको राष्ट्रपति भण्डारीको भनाई छ ।
स्वागत मन्तव्य दिएका एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले समृद्ध नेपाल निर्माणका लागि हरेक नागरिक स्वस्थ्य रह्न आवश्यक रहेको बताए ।
उद्घाटन सत्रमा भारत र रसियाका राजदूतको पनि उपस्थिति रहेको थियो । नेपालीहरुलाई निरोगी बनाई समृद्धि हासिल गर्न मद्दत पु¥याउने उद्देश्यले योग शिविर सञ्चालन गरिएको शिविर आयोजक समितिका संयोजक विजय सरावगीले बताए । पाँच दिन सम्म चल्ने योग शिविरमा बीरगंज र सीमावर्ती भारतीय शहर रक्सौलबाट गरी १० हजार ब्यक्तिको सहभागिता रहेको आयोजकले जनाएको छ । अगामि १३ गते सम्म चल्ने शिविरमा रामदेवले प्रशिक्षण दिनेछन् ।
राष्ट्रपती सहभागी कार्यक्रममा सभासदहरुका लागि बस्ने व्यवस्था नभएको र आशन ग्रहण समेत नगराइएकोले नेकपा एमालेका सभासद राजकुमार गुप्ता र संघीय समाजवादी फोरमका उपाध्यक्ष एवं सभासद लालबाबु राउत गद्धी कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
बीरगंजको प्रसीद्ध शक्ति पीठ माइस्थानमा रहेको गहवामाई मन्दीरमा पुगेर राष्ट्रपती भण्डारीले पूजा अर्चाना समेत गरेकी छिन । पौने १२ बजे बाराको प्रसौनीमा रहेको पंतजली उधोगको राष्ट्रपती भण्डारीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।