भारतीय प्रहरीको एसपी चढ्ने गाडी चोर वीरगन्जमा हतियार सहित पक्राउ

996

वीरगन्ज – १८ दिन अगाडि भारतको उत्तर प्रदेश हरदोइ जिल्लाको प्रहरी उपरिक्षक (एसपी) चढ्ने सरकारी गाडी चोरी गरी नेपाल ल्याएका भारतीय नागरिक वीरगन्जमा स्वचालित हतियार सहित पक्राउ परेका छन् ।

विशेष सुचनाको आधारमा मध्य क्ष्ँेत्रीय प्रहरी कार्यालय हेटौंडा र पर्सा प्रहरीले गरेको संयुक्त अपरेशनमा भारत विहारको पूर्वी चम्पारण ढाका थाना निवासी मोहम्मद समिम अख्तरलाई बुधबार दुई थान हतियार र २३ राउण्ड गोली सहित पक्राउ गरेको हो । गत कात्तिक २० गते अख्तरले लखनउ नजिकैको हरदाइका एसपी चढ्ने युपी३० जी ०२१९ नम्बरको सेतो गाडी रेडियो सेट र बत्ती सहित चोरी गरी नेपाल भित्र्याएका थिए । जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार सार्वजनिक गरिएका अख्तर विहार र युपीका ‘मोस्ट वान्टेड’ अपराधी हुन् । सन् २००२ को एक अपहरणमा ६ वर्ष जेल सजाय समेत काटिसकेका छन् ।

भारतीय प्रहरीका अनुसार विहारको चर्चित ‘ढाका काण्ड’ का फरार अभियुक्त अख्तरले अवैध सम्बन्ध राखेका महिला खुश्बु देवीस“ग मिलेर करिब ४ वर्ष अगाडि सीतामढी बस्ने उसको श्रीमान र छोराको हत्या गरेका थिए । ‘पछि ती महिलाको पनि हत्या गरेर उनकी छोरीलाई अपहरण गरी ढाका ल्याएका थिए,’ ती प्रहरी अधिकृतले भने, ‘नशाको सुई लगाएर पटक पटक बलात्कार गरेका थिए ।’ भारतीय प्रहरीले सन् २०१५ फेब्रुअरी २४ मा ढाका स्थित अख्तरको घरमा छापामारी मृतक महिलाको छोरीलाई बेहोशी हालतमा उद्धार गरेको थियो ।

विभिन्न मुद्दाका फरार उनीमाथि एक लाख भारुको पुरस्कार समेत भारतीय प्रहरीले घोषणा गरेको छ । अख्तरलाई नेपाल प्रहरीले पक्राउ गरेको सुचना पाउनासाथ मोतीहारीका एसपी जीतेन्द्र राणा र हरदोइका एसपी राजीव मल्होत्रा बिहीबार दिउ“सो वीगन्ज आएका छन् । प्रहरी स्रोतका अनुसार उनीहरुले अख्तरलाई भारतीय प्रहरीको जिम्मा लगाइदिन नेपाल प्रहरीलाई अनुरोध गरिरहेका छन् । अख्तरलाई सार्वजनिक गरिसकिएकाले भारतीय प्रहरीलाई सुपर्दगी गर्न नमिल्ने प्रहरी अधिकारीले जनाएका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले ३७ वर्षीय अख्तरलाई वीरगन्ज उपमहानगरपालिका १० गहवाबाट बुधबार नियन्त्रणमा लिएको थियो । प्रहरीले खनतलासी गर्दा अख्तरबाट १८ राउण्ड गोली सहित स्वाचालित पेस्तोल र लागू औषध फेला परेको थियो । वीरगन्जकै पानीट्यांकी क्ष्ँेत्रमा डेरा गरी बस्ने अख्तरको कोठाबाट थप एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली, फरक नामको एकै व्यक्तिको फोटो टा“सेको भारतीय निर्वाचन आयोगको ३ थान पहिचान पत्र सहित अन्य कागजात बरामद गरेको प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए ।

प्रहरीका अनुसार विहारको ढाका क्ष्ँेत्रबाट गत वर्ष चोरी भएका ८ वटा मह“गा गाडी अख्तरकै समूहले चोरेको थियो । ‘ती गाडी अहिले नेपालमा दर्ता भएर बजारमा गुडिरहेका छन्,’ एक अनुसन्धान अधिकृतले भने, ‘केही दिनमै चोरीका गाडी प्रहरी नियन्त्रणमा हुनेछन् ।’ अख्तरको बयानको आधारमा गाडी नियन्त्रणका लागि टोली परिचालन गरिएको छ ।

अख्तरको कोठाबाट विभिन्न सवारी साधनको ५ थान ब्लु बुक र वीरगन्ज भन्सारबाट भारतीय गाडी इन्ट्री गरेको भन्सार प्रज्ञानपत्र र रसिद समेत प्रहरीले फेला पारेको छ । प्रहरीका अनुसार हरदोइको एसपी चढ्ने सरकारी गाडी अख्तरले चोरी गरेको २४ घन्टन भित्रै वाराको कोचर्वा नाका हु“दै रौतहट पु¥याएका थिए ।

गाडीको पार्टस खोलेर विभिन्न ठाउ“मा लुकाएको राखिएको अवस्थामा मध्य क्षेत्रीय प्रहरी टोलीले बरामद गरेको छ । ‘इन्जीन गौर स्थित एक सरकारी विद्यँलयको कम्पाउन्ड नजिकैको बा“सघारीमा फेला पा¥यौ“,’ प्रहरी स्रोतले भन्यो, ‘च्यासिस बकैया खोलाको बगरमा परालले छोपिएको थियो ।’ ट्यांकी, वाटर फिल्टर, साइलेन्सर, एसी लगायतका पार्टस रौतहटको हजमिनया दरबारमा फेला परेको हो । उक्त गाडीको बर्डी चन्द्रनिगाहपुरबाट सञ्चालनमा रहेको अमर ज्योति नेपाल नामक संस्थाको ना३च ६५१६ नम्बरको एम्बुलेन्समा प्रयोग गरिएको पाइएको छ ।

एम्बुलेन्स चालक र चोरिएको गाडीको पार्टस खोल्ने ग्यारेज साहु गौर निवासी सन्जय साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ६ महिना अगाडि दुर्घटनामा परेको एम्बुलेन्समा एसपीको गाडीको बर्डी प्रयोग गरिएको हो ।

साभार ः कान्तिपुर