किन आमा मैले विवाह गर्न हुन्न र ?

902
रसना ढकाल

रसना ढकाल
आमा बुवा एकातिर तर छोराको अडान अर्कातिर । बुवा भन्दै थिए , छोरा यदि त्यो केटी सँग विवाह गरिस भने हामी बुहारी भनेर भित्राउदैनौ , जा बाहिर कोठा लिएर बस मनलाग्दो गर । बुवाको हप्काईमा आमाले पनि ह मा ह थप्दै त एउटै सन्तान होस , हाम्रो कति रहर थियो बाजा बजाएर समाजलाई भोज ख्वाएर बुहारी ल्याउने तर तैले त्यस्तो केटी सँग विवाह गर्ने अडान लिएर हाम्रो सबै सपना चकनाचुर बनाइस । समाजलाई अब के मुख देखाउने ? समाजमा हाम्रो कस्तो इज्जत छ , थाहा छ तलाई ? भन्दै बारम्बार बुवा आमाले छोरालाई हप्काई रहेका थिए । छोरा केहि बोल्न सक्ने अवस्थामा थिएनन किनकी एकातिर उनीसँग माया प्रेम बसेको थियो भने आर्कातिर जन्म दिएको बुवाआमाको आफनो रटान छ । दोधारमा थिए छोरा ।
भक्तपुर निवासी “क” नाम गरेका ( नाम परिवर्तन ) र उनकी पत्नी एक अर्कालाई छोराको विषयलाई लिएर सम्झाई रहेका थिए । वरिपरिका केहि व्यक्ति पनि त्यो झगडा सुनेर जमा हुन थालेका थिए । सबैले यस्तै हो जिन्दगी छोराले बिताउने हो यदि उसको इच्छा छ भने केहि हुदैन , तर समाजलाई बुझाउनु पर्छ…………! भनेर दोधारे कुरा गरिरहेका थिए । जनस्वास्थ्य कार्यालय भक्तपुरबाट तल झर्ने क्रममा एक घरमा झगडा सुनेर मेरो खुटटा रोकियो । सुरुमा सबैको व्यक्तिगत कुरा हो भनेर वास्ता लागेन तर आफु थाकेको र पानी खानको लागि वरिपरि पसल नभएको कारण त्यहि घरमा पानी खान पुगे । इनारबाट पानी निकाल्दै गरेकि आमालाई , आमा मलाई पनी पानी खान दिनु न भनेर अनुरोध गरेर र आमाले गिलासमा पानी दिदै झोकिदै मलाई चिनेको झै गरेर भन्नु भयो , नानी आज भोलिका केटाकेटी आमा बुवाको बसमा भएनन , जे मनलाग्यो त्यहि गर्ने । म अकमक्क परे र के कुरा हो भनि डराई डराई सोधे उहाले एकदमै मिजासिलो भएर घटना सुनाउनु भयो । आगनमा बुवा हुनुहुन्थ्यो यो वाहा पनि रिसले चुर हुनु भएको थियो । त्यतिकैमा भित्रबाट छोरा निस्किएर भने किन आमा मैले विवाह गर्नु हुन्न र ? छोराको एकदमै शालिन र भाभुक प्रश्न थियो बुवा आमा प्रति तर कुरा बुझदै जादाँ , उनले मन पराएको केटी त विधवा हो र दुई बच्चा कि आमा हो भन्ने थाहा भयो । म केहि बेर त्यहि बसे ।
कुरा हुदै गयो , केहि दिन पहिले दुवईबाट आएको छोरालाई घरमा विवाहको कुरा चलाई रहेका बुवाआमाले छोरोको मन अन्तै बस्यो भनेर चिन्ता लिइरहेका रहेछन । तर चिन्ता मन अन्तै बस्यो भनेर होइन कि छोराले मन पराएको केटी विधवा हो दुई बच्चा कि आमा हो भनेर रहेछ । माइती छैन घरमा सासु र ससुरा सँग बस्छे । कोहि सँग पहिले नै नाता गासिएकी केटीलाई कसरी म बुहारी बनाउने अह म कुनै हालतमा विवाह हुन दिन्न , भन्ने बुवाको अडान थियो ।
५ वर्ष दुवईमा विताएर आएको छोराको यसपालि विवाह गरिदिने बुवा आमाको निर्णय रहेछ । तर छोरोको फेसबुक मार्फत काठमाण्डौ बालाजु निवासी “ग” ( नाम परिवर्तन )सँग माया प्रेम बसेको रहेछ । दुई महिना पहिले उनीहरुको प्राय अनलाइनमा कुरा हुने । कुरा हुदा हुदै दुवै तर्फ मोबाइल नम्बर साटासाट भयो । कुरा हुने क्रममा केटी बाट आफु विधवा भएको र आफनो दुई बच्चा रहेको आफु सासु र ससुराको संरक्षणमा बसेको सुनाईन । केहि बेर केटाको मन अमिलो भएपनि आखिर माया न हो त्यो अमिलो हुन सकेन सम्बन्ध झनै गाढा हुने क्रम भयो । कुरा हुदै जादा उनको सासु र ससुरा सँग पनि कुरा हुन थाल्यो केटाको । ग नाम गरेकि महिलालाई जिवन बिताउन कसैको साथको आवश्कता पर्छ भन्दै विवाहको लागि सासु र ससुराले पनि कर लगाई रहनु भएको रहेछ तर उनी बारम्बार इन्कार गर्दै आइरहेकि थिइन । किनकी सवारी दुर्घटनामा मरेका पतिलाई उनीले विर्सन सकिरहेकि थिइनिन । उनको भविष्य बारे सासु ससुरालाई धेरै सोच आइरहेको थियो , यदि बुहारीले विवाह गर्न मान्छे भने छोरी जस्तै विवाह गरिदिने घर माइति आफैले गरि दिने निर्णयमा परिवार रहेका थिए । समयक्रम सँगै एकदिन फेसबुकमा कोहि साथी बन्यो त्यस मार्फत कुरा हुदै गयो । कसैले आफुप्रति धेरै नै माया देखाएर विवाहसम्म गर्ने वाचा गरेको कुरा ससुरालाई सबै भनिन र सासु ससुरा पनि खुशि हुदै ल हामीलाई कुरा गराउ भन्नु भएछ , र दुवई बस्ने केटासँग कुरा भयो । दुवै तिर खुशि छायो । केटि तिर विवाहको कुराको समस्या थिएन , केवल समस्या थियो भने केटा पक्ष तिरको किनकी केटाको आमा बुवा कुनै पनि हालतमा विधवा लाई बुहारी नबनाउने निर्णयमा थिए । किनकी हाम्रो समाजले विधुर केटाको लागि केटी खोज्न हतार गर्छ त्यति विधवा केटीको लागि खोज्दैन र सजिलैसँग केटा पक्षले पनि विधवा केटीलाई स्विकार गर्दैन । यो यर्थात हो । आफनो कुमार छोरालाई विधवा बुहारी कसैले पनि दिन खोज्दैन । हाम्रो मानसिकता नै यस्तै प्रकारले विकसित भएको छ । महिला विधवा भइन भने विधवा भएरै जिवन विताउने तर छोरा विधुर छ भने उनको विवाह गर्न हतार भैहाल्छ । यो काहानीमा केटा विधुर होइन केटी विधुवा थिइन , त्यहि भएर केटाको बुवा आमा विवाहको लागि राजी भएका थिएनन् । त्यो दिन त्यतिकै वित्यो । कुरा गर्दै जादा ति आमाबुवाले मलाई भोलि आइदेउन है नानी भनेर अनुरोध गर्नु भयो । भोलि पल्ट म उहाँहरुलाई फोन गरेर गए , नानी आउ भन्नु भयो । तर त्याहाँ कुराले अर्कै मोड लिएछ , गएको राती नै केटी पक्षका सासु र ससुरा हुनेवाला ज्वाईलाई फोन गरेर त्यहि घरमा आइपुग्नु भएछ । किनकी केटी पक्षलाई मनाउनु थियो कारण विधवा बुहारी हो र बुहारीले विवाह किन गर्नु हुन्न भनेर सोच हटाउन रहेछ । दुवै पक्ष्ाँको विचमा हाम्रो अघि धेरै कुरा भयो , केटाको बुवा आमा अडान लिदै थिए हुन्न हुन्न भनेर तर केटी पक्षको सासु र ससुराले धेरै सम्झाए पछि कहानीले अर्कै मोड लियो । आफनो एउटै छोरा त्यसमाथि कसैको गैसकेको खुशिलाई फेरी ल्याएर उसको जिवन बनाउछ भने त्यो पाप होइन यसलाई स्विकार गर्नै पर्छ भन्दै केटाको बुवा राजी हुनु भयो । केटा पक्षको बुवा आमाको निर्णय निर्णयमै कायम रहेन छोरा प्रति मन फर्कियो , भोलि पल्ट केटा पक्ष केटीको घरमा पुगेर सामान्य रुपमा विवाह गरे । केटा पक्ष आफै चुनौतिको विषय थियो कि कुमार केटाले विधवा केटी विवाह गर्नु र सामान्य जिवन विताउनु । तर यो चुनौतिलाई उनले ठाडै सामना गरे , आफु अब बाहिर नजाने यहि आफनो परिवारहरुको साथ बस्ने निर्णय गरे । बुवाको व्यापारमा सहयोग गर्न थाले , बुवाले पनि बुहारी पढेकि छ उसलाई काम लागाई दिने निर्णय बमोजिम सिलाइ कटाई जानेकि बुहारीलाई सानो पसल खोलि दिए , अहिले उनीहरु सामान्य जिवन विताई रहेका छन् ।