पर्साकै उत्कृष्ट ज्ञान वाटिका उच्च मा. वि

544

विरगंज, २२ चैत्र – “डिसिप्लिन, डेडिकेसन एण्ड पनचुवालिटि” भन्ने नारा लिएर २०५२ साल स्थापना भएको ज्ञान वाटिका उच्च माध्यमिक विद्यालय विगंजको श्रीपुर – १४ मा अवस्थित छ । ७ कठ्ठा क्षेत्रफलमा रहेको स्कुलमा अहिले ६ सय विद्यार्थी अध्ययनरत रहेको उक्त स्कुलले आफुलाई पर्साकै उत्कृष्ट स्कुलहरुमा सामेल गर्न सफल भएको छ । स्थापनाको २० वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दासम्म स्कुलले निकै फड्को मारेको छ । विरगंजकै उत्कृष्ट स्कुलको रुपमा स्थपित भइसकेको ज्ञान वाटिका शैक्षिक गुणस्तरमा मात्र नभएर विभिन्न अतिरिक्त क्रियाकलाप, विद्यार्थी तथा अभिभावकलाई विभिन्न सेवा सुविधा, शिक्षक तथा कर्मचारीहरुलाई समेत सन्तुष्ट पार्दै सामाजिक उत्तरदायित्वलाई समेत पूरा गर्दै आएको छ ।

पर्सा जिल्लाको शैक्षिक स्थिति उत्थान गर्न नीतिले अध्यापक हरिहर प्रसाद यादव द्वारा स्थापना गरिएको विद्यालयमा अहिले ३६ जना शिक्षक, शिक्षिका तथा कर्मचारीहरुसमेत रोजगारी भई कार्यरत छन् । ज्ञान वाटिकामा विशेषगरी विरगंज र पर्साका विभिन्न गाउँ बाट अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् । एसएलसी परीक्षामा सहभागी भएका ज्ञान वाटिकाका विद्यार्थीहरु अहिलेसम्म विशिष्ट श्रेणी सहित शतप्रतिशत पास गर्न सफल भएको विद्यालयका संस्थापक हरिहर प्रसाद यादवले बताउछन । एडुकेसन तथा व्यवस्थापन विषय अध्यापन हुने यो उच्च माविले विगतका वर्षदेखि प्लस टु समेत सञ्चालनमा ल्याएको छ ।

विद्यालयमा कार्यरत शिक्षक–शिक्षिकाहरु योग्य, दक्ष तथा अनुभवी भएकै कारण विद्यार्थीहरुको नतिजा राम्रो भएको दाबी गर्छिन विद्यालयकि प्रधानाध्यापक डा. अन्जु कुमारी । कुमारी भन्छिन – ‘हाम्रो विद्यालयमा कार्यरत शिक्षक–शिक्षिका योग्य भएको हुनाले विद्यार्थीको सिकाइ क्षमता अनुसार कक्षामा पढाउने हुँदा विद्यार्थीको रिजल्ट राम्रो भएको हो ।’ शिक्षाको गुणस्तरलाई ध्यानमा राख्दै कम्प्युटर कक्षा, विज्ञान प्रयोगशाला, लाइब्रेरी, इ–लाइब्रेरी, स्मार्ट क्लास, सी-सी टिविको सुविधासमेत विद्यालयमा रहेको छ । यसका अलावा विद्यालयमा विभिन्न खेलकुदका प्रशिक्षक, नृत्य प्रशिक्षक राखेर विद्यार्थीको चौतर्फी विकासको लागि ध्यान पुर्याएकोको देखिन्छ । विद्यालयकि प्रधानाध्यापक डा. अन्जु कुमारीले यस वर्ष थप सुबिधाहरुको व्यस्था गरिने बताएकी छिन ।

विद्यार्थीको हौसलाको निम्ति विद्यालयले १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको सुविधा समेत दिँदै आएको छ । त्यसको साथै वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने प्रत्येक कक्षाका विद्यार्थीलाई वार्षिक शुल्कमा क्रमशः ५०, ४० र ३० प्रतिशत छुटसमेत दिँदै आएको छ । नियमित रुपमा विद्यालयमा क्लास टेष्ट तथा मासिक परीक्षाबाट विद्यार्थीहरुको नतिजा हेरी कमजोर विद्यार्थीलाई विशेष कक्षाको व्यवस्था, नियमित रुपमा मूल्याङ्कन गरी विद्यार्थीको स्तरोन्नति गरिँदै आएको छ ।

विद्यालयको आयोजनामा विगत २ वर्षदेखि वार्षिक रुपमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनीसमेत गर्दै आएका छन् । विद्यार्थीहरुको व्यवहारिक शिक्षाका लागि वार्षिक रुपमा कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई विभिन्न टुअर समेत लाने गरिएको छ । विद्यार्थीको सुविधालाई ध्यानमा राखी बयान सेवा उपलब्ध रहेको छ ।