अधिकारिक ट्रेड युनियन निर्वाचनका लागि नेपाल निजामती कर्मचारी संगठनको घोषणा पत्र जारी

47

बीरगन्ज,चैत १४ गते 12910253_1345678392116121_1759479583_n

निजामति क्षेत्रको अधिकारिक ट्रेड युनियन निर्वाचनका लागि नेपाल निजामती कर्मचारी संगठनले आज आफनो घोषणा पत्र जारी गरेको छ । निजामती क्षेत्रको पहिलो संगठनको रुपमा रहेको निजामती कर्मचारी संगठनले चैत २८ गते हुने अधिकारीक ट्रेड युनियनको चुुनावका लागि संगठनलाई नै मतदान किन भन्ने आफनो विभिन्न मुदाहरुपनि सार्वजनिक गरेको हो । आज प्रेस चौतारी नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा संगठनका केन्द्रिय सदस्य नौतन पोखरेलले कर्मचारी हकहितका साथै लोकतन्त्र स्थापनाको विभिन्न आन्दोलनमा संगठनले खेलेको भुमिकाको बारेमा प्रकाश पार्नु भएको थियो ।
बढुवा प्रणलीमा सुधार, तलब भता सुविधामा सुधार, समावेशीकरण निजामती सेवाको विकाश, निजामती अस्पतालको स्थापना, श्रेणी विहीनको स्तर बृद्धी, लगायतको मुदा अघी सारिएको कर्मचारी संगठनका पर्सा अध्यक्ष सुबेदार यादवले बताउनु भयो । त्यसैगरि भ्रष्टाचार बिरोधी आन्दोलन तथा सदाचारको सबलीकरण गर्ने कार्यमा निजामती कर्मचारी संगठन अगाडी बढेको पर्साका सचिव अमित गिरीले बताउनु भयो ।
संघीयतामा सुशासन सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनितिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान भन्ने नारा सहित संगठन निर्वाचन प्रचारमा जुटेको गिरीले बताउनु भयो । चैत २८ गते समानुपातिक निर्वाचन प्रणाली अनुसार हुन लागेको चुनावमा स्वास्थ सेवा बाहेक पर्सामा कुल ९ सय ३७ जना निजामती कर्मचारी मत हालन पाउने छन् । सरकारले प्रत्येक जिल्लामा सरकारी वकीलको कार्यालयलाई निर्वाचन कार्यालय र सरकारी वकीललाई निर्वाचन अधिकृत तोकेको छ । प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजिकरण संजिव मिश्राले गर्नु भएको थियो ।