अपहरण गरी फिरौती असुल्ने गिरोह पक्राउ

40
arrest 1
व्यापारी अपहरणको आरोपमा पक्राउ (दायाँ )दिपक सिंह , प्रहरी जवान र (बायाँ )श्री भगवान सिंह. फोटो : आशिष त्रीपाठी

बिरगंज, १४ चैत – व्यपारीलाई अहपरण गरेर फिरौती रकम असुलेको आरोपमा पर्सा प्रहरीले एक प्रहरी जवान सहित ३ जनालाइ पक्राउ गरेको छ । प्रहरीले  पूर्व प्रहरी जवान अरविन्द सिंह ,वीरगन्ज १० पनिट्यांकीका  दिपक सिंह र वीरगन्ज १४  रानीघाटका भगवान सिंहलाइ पक्राउ गरेको हो । बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको विशेष टोलीले गएराति उनिहरुलाइ वीरगन्जबाटै पक्राउ गरेको हो ।

वीरगन्ज नगवाका व्यपारी राजेश साह कानुलाइ अपहरण गरेर चार लाख रुपैया फिरौती असुलेको आरोपमा प्रहरी जवान अरविन्द सिंह सहित ३ जनालाइ पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताउनु भयो । छापामारीका क्रममा भगवान सिंहको घरबाट चार लाख ७२ हजार रुपैया नगद , विभिन्न व्याक्तिको नाममा गरिएको २२ लाख ४० हजार रुपैयाको कपाली तमसुक , दृष्टिबन्धक गरिएको जग्गाधनी लालपूर्जा दुइ थान , विभिन्न् बैंकको चेकबुक नौ थान र विभिन्न बैंकको भौचर पाँच थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्रहरी जवान अरविन्द सिंह , २०६४ साल साउन २९ गते देखि २०७२ साल जेष्ठ २५ गते सम्म जिल्ला प्रहरी कार्यालय पर्सामा  कार्यरत रहेका थिए । गत जेठ २५ गते पर्साबाट सरुवा भएर दोलखा गएका प्रहरी जवान सिंह दोलखाबाट पनि गत असार २७ गते सरुवा भएर जिल्ल प्रहरी कार्यालय सुर्खेतमा कार्यरत रहेका थिए । उनले गत चैत ५ गते प्रहरी सेवाबाट राजनीनामा दिइसकेको पर्साका प्रहरी उपरिक्षक श्रेष्ठले बताउनु भयो ।