प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मकः डा भट्टराई

34

Baburam Bhattarai solo

बिराटनगर, १४ चैत – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले प्रधानमन्त्रीको चीन भ्रमण सकारात्मक रहेको बताएका छन ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले हामीले दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध राख्दै परनिर्भर होइन कि आत्मनिर्भर बन्नुपर्ने धारणा राखे ।

अर्काे प्रसङ्गमा उनले पहिचानका पाँच र सामथ्र्यका चार आधारमा मुलुकको सात प्रदेशमै भौगोलिक सीमाङ्कन मिलाएर मधेसको समस्या समाधान गर्नुपर्ने धारणा ब्यक्त गरे ।

डा. भट्टराईले राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष प्रणालीबाट हुनुपर्नेलगायत संविधानमा देखिएका अपूर्णतालाई संसदमार्फत संशोधन गरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।