पीके क्याम्पसकी स्ववियु सभापति स्वस्तिकाकाे दुर्घटनामा मृत्यु

44

Swostika-Pokhrel

बीरगंज, १५ चैत – पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगन्जमा आज बिहान यात्रुवाहक बस र कार एक आपसमा ठोक्कीदा दुइ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन् ।

पथलैया हेटौडा सडकखण्ड अन्तर्गत अमलेखगन्ज ६ मा आज बिहान पौने पाच बजे तिर यात्रुवाहक बस र कार एकआपसमा ठोक्कीदा कारमा सवार दुइ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा उदयपुर जिल्लाको कटारी २ की ३७ वर्षिया लाल कुमारी पोखरेल र काभ्रेको महादेवस्थान घर भइ हाल काठमाण्डौको पेप्सीकोलामा बस्दै आएका ४२ वर्षिय ध्रुब कार्की रहेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।

मृतक लाल कुमारी काठमाण्डौको पद्मकन्या क्याम्पसको निर्वतमान स्ववियु सभापति एंव नेविसंघकी नेतृ हुन् । यस्तै दुर्घटनामा परि घाइते हुनेहरुमा उदयपुरको त्रिवेणी २ का ३५ वर्षिय गोविन्द बहादुर बुढाथोकी र त्यही ठाउँका ३२ वर्षिय प्रदीप पोख्रेल रहेका छन् ।

दुवै जनाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । हेटौडाबाट पथलैया तर्फ आउदै गरेको ना ४ ख ५६९६ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको बा ३ च ८०९७ नम्बरको कार एक आपसमा ठोक्कीएर दुर्घटना भएको हो ।