राजधानीमा भिषण हावाहुरी, त्रिभुवन विमानस्थल बन्द, दुई जना घाइते

26

Kathmandu-wind-768x432

काठमाडौं, १५ चैत – काठमाडौं उपत्याकामा भिषण हावाहुरी चलेको छ । हावाहुरीको कारण राजधानी अस्तव्यास्त बनेको छ । सोमबार दिउँसो ४ बजेबाट चलेको भिषण हावाहुरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल समेत बन्द भएको छ ।

विमानस्थलको सबै उडान हावाहुरीले प्रभावित बनेको विमानस्थलस्रोतले जनाएको छ । हावा हुरीले अहिले उपत्याका कुइरीमण्डल जस्तै बनेको छ ।

यसैबीच हावाहुरीको कारण राजधानीमा भागदौड नै मच्चिएको छ । राजधानीमा सोमबार अपरान्ह चलेको भीषण हावाहुरीका कारण राजधानीमा भागदौड नै मच्चिएको छ । हावाहुरीपछि भागदौडका क्रममा राजधानीको दरबारमार्गमा दुई जना सर्वसाधारण घाइते महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले बताए ।