संविधान कार्यान्वयनका लागि दलीय एकता अावश्यक: मन्त्री खरेल

45

Agni Kharel

मोरङ, १४ चैत – कानुनमन्त्री अग्नि खरेलले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नभएको वताएका छन्। संविधान कार्यान्वयनका लागि सबै दलबीच सहमति आवश्यक रहेको उनको भनाइ छ।

मोरङको विराटनगर विमानस्थलमा सोमबार बिहान पत्रकारसँगको कुराकानीमा मन्त्री खरेलले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण उपलब्धिमूलक रहेको बताए। निकै लामो समयदेखि सम्झौता हुन नसकेका विषयमा सहमति भएको उनको भनाइ थियो।

विगत लामो समयदेखि हुन नसकेको पारवहन सन्धि, व्यापार सम्झौता, पर्यटन, भौतिक पूर्वाधारका विषयमा सम्झौता भएको उनले बताए।  कानुनमन्त्री खरेलले प्रधानमन्त्री ओलीको भारत र चीन दुवै भ्रमण उपलब्धिमूलक भएको दाबी गरे।

मन्त्री खरेलले मधेसवादी दलले फेरि आन्दोलनको कुरा गर्नुपर्ने अवस्था नरहेको बताए। उनले मधेसवादी दलका माग पूरा हुँदै गएकाले आन्दोलन गर्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारे। रासस