विश्वकप टि–ट्वेन्टी क्रिकेटमा सेमिफाईनल खेल आजबाट

42

England-live-scores-news-cricket-c

एजेन्सी/नयाँ दिल्ली, १७ चैत – भारतमा जारी विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताका सेमिफाईनल खेलहरु आजबाट हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज न्यूजिल्याण्ड र इङ्ल्याण्ड भिड्ने छन् । खेल दिल्लीको फिरोज शाह कोटला मैदानमा हुनेछ ।

सुपर टेन चरणमा अपराजित एकमात्र टोली न्यूजिल्याण्ड समूह विजेता हो भने इङ्ल्याण्ड अर्को समूहको उपविजेता हो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि मुम्बईमा आयोजक भारतसँग वेष्ट इन्डिज भिड्ने छ । वेष्ट इन्डिज आफ्नो समुहको विजेता हो भने भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।