४ जना निरीक्षक निलम्बित

25

SLC-result

रौतहट, १८ चैत-बिहीबारबाट सुरु भएको यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षामा अमर्यादित काम गरेको भन्दै रौतहटमा चार जना निरीक्षकलाई निलम्बित गरिएको छ ।

उच्च मावि सिमरा भवानीपुर परीक्षा केन्द्रमा गार्ड बसेका चोचा प्राविका शिक्षक ईन्द्र चौधरी र जमुनिया विद्यालयका राम दयाल साहलाई परीक्षा अवधिभर गार्ड बस्न नपाउने गरी निलम्बन गरिएको छ भने नेमधारी बासुदेव उच्च मावि मुडवलवाबाट पनि २ जना निरीक्षकहरुलाई निलम्बन गरिएको छ ।

रोतहटमा यस वर्ष कुल २६ परीक्षा केन्द्रबाट दश हजार एक सय ५४ विद्यार्थीले प्रवेशिका परीक्षा दिइरहेका छन् ।