आरजुको उपचार गर्न गएका देउवाले सुष्मा भेटे

28

Sher-Bahadur-Deuba-and-Sushma-Swaraj

काठमाडौँ, ०९ बैशाख : आफ्नी श्रीमती आरजु राणाको स्वास्थ्य उपचारका लागि भन्दै दिल्ली गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

देउवा श्रीमतीको स्वास्थ्य उपचारका लागि गएकाले अन्य राजनीतिक भेटघाट नहुने बताइएको थियो । दिल्ली गएका देउवाले विहीबार दिल्लीमै भारतीय विदेशमन्त्री स्वराजसँग भेट गरेका हुन् ।

६ महिनाअघि जारी भएको संविधान कार्यान्वयन हुन नसकेकाले नेपाली कांग्रेससहितको राष्ट्रिय सरकार बन्नुपर्ने चर्चा चलिरहेका बेला देउवा वैशाख ६ गते दिल्ली गएका थिए ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले भारतले भनेको नमानेको भन्दै रुष्ट भएको भारतले ओलीलाई खुशी पार्न ओलीलाई भारत भ्रमणको निम्तो दिएर राजकीय सम्मान प्रकट गरेको थियो ।

तर प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि पनि भारतसँगको सम्बन्धमा सुधार आउन सकेको छैन । ओली नेतृत्वको सरकार नरुचाएको भारतले ओलीको विकल्प खोजेको स्रोतको भनाइ छ । मधेसवादी दलहरु आन्दोलनमा भएका कारण ओलीको विकल्पमा देउवा नै भारतको रोजाइमा छन् ।