मोर्चाकै नेतृत्वमा अबको आन्दोलन : महामन्त्री सोनल

26

13059930_525189541022949_1946872126_n

कलैया, १२ बैशाख – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित २७ दल सम्मिलित संघीय गठनबन्धनले आन्दोलन घोषणा गरेको २४ घण्टा नबित्दै मोर्चाका एक नेताले गठबन्धनको नेतृत्व नमान्ने बताएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले संघीय गठबन्धन होइन, संयुत लोकतान्त्रिक मधेशी मोर्चाकै नेतृत्वमा आन्दोलन हुने दाबी गरे ।

बाराको सदरमुकाम कलैयामा तराई–मधेश बिधार्थी फ्रन्टको पहिलो जिल्ला अधिवेशनलाई उदघाटन गरिदै नेता सोनलले आन्दोलनमार्फत मोर्चाले हालसम्म गरेको उपलव्धीहरुलाई छाँयामा पार्ने काम कोई कसैबाट नहुने भन्दै गठबन्धनसंग आन्दोलन नगर्ने प्रष्ट पारे ।

मोर्चाको नेतृत्वमा भएको आन्दोलनमा दर्जनौ मधेशी जनताले दिएको बलिदानीलाई पनि कायम राख्न र उनीहरुको सपनालाई सकार गर्न पनि मधेशी मोर्चाको नेतृत्वमा नै आन्दोलन गरी मधेशको अधिकार ग्यारेन्टी गरिनु पर्नेमा नेता सोनलको जोड थियो ।

मधेशको आन्दोलन उत्कर्षमा पुग्न लागेका बेला बिभिन्न पार्टीहरुले जस लिन खोजी रहेको आरोप लगाउँदै त्यसो नर्ग मोर्चा आवद्ध केन्द्रिय नेताहरुलाई सुझाव समेत दिए । मोर्चाकै नेतृत्वमा गठबन्धनका नेताहरुलाई आनदोलनमा सहयोग गर्न अपिलसमेत गरे ।

नेता सोनलले काठमाण्डौ र पहाडमा आन्दोलन गरेर मधेशको मुद्दा स्थापित नभएको बताउदै केन्द्रबाट मात्र नभई मधेशबाट पनि आन्दोलनको आधीवेहरी ल्याउनुमा केन्द्रिय नेताहरु सचेत हुनु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गरिदै फ्रण्टका केन्द्रिय अध्यक्ष सुरेश मण्डलले मधेशी जनताको अधिकारका लागि जस्तो मुल्य चुकाउनु परे पनि बिधार्थीहरु पछि नहटने बताए ।