बजेटबारे छलफल गर्न सर्वदलिय बैठक

34

मोर्चाद्वारा बहिस्कार

PM_OLI-All_party_Meeting_Singhadarbar

काठमाडौँ, १८ बैशाख – बजेटबारे छलफल गर्न सिंहदरबारमा शनिबार बिहानबाट सर्वदलीय बैठक शुरू भएको छ ।  बिहान पौने १० बजेबाट बजेट अधिवेशन, संविधान कार्यान्वयन र पुनर्निर्माणसहितका विषयमा छलफल गर्न सर्वदलीय बैठक शुरु भएको हो ।

संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरुका प्रतिनिधि र प्रमुखहरुको उपस्थितिमा यो सर्वदलीय बैठक प्रधानमन्त्रीको आह्वानमा बसेको हो ।सर्वदलीय बैठकमा बजेट अधिवेशन, भूकम्पपछिको पुनर्निर्माणमा दलबाट परिचालित हुने स्वयम्सेवक र अन्य राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिए ।

बैठकमा मधेसवादी दलहरुका मागलाई सम्बोधन गर्ने उपायबारेमा छलफल हुने भएको छ । मधेसी दलले आफ्ना माग सम्बोधन नगरेको भन्दै राजधानी केन्द्रित आन्दोलन गर्न लागेका बेला उनीहरुको मागबारेमा पनि छलफल हुने भएको हो ।  कांग्रेससहितका प्रतिपक्षी दलहरुले भूकम्पपछिको राहत तथा पुनर्निर्माण प्रकिया सुस्त भएको आरोप लगाइरहँदा सर्वदलीय बैठकमा यसबारे पनि छलफल हुने भएको छ।

गठबन्धनद्वारा बहिस्कार
सर्वदलीय बैठकमधेसवादी दललगायत अन्य आन्दोलनरत आदिवासी जनजाती पार्टीहरुले पनि बहिष्कार गरेका छन् । आफूहरु सरकार विरुद्धको आन्दोलनमा रहेको भन्दै मोर्चा सहितको २७ दलिय संघिय गठबन्धनले बैठक बहिस्कार गरेको हो ।