सोमालियामा मस्जिद भत्किँदा १५ को मृत्यु

    49

    सोमालिया, १९ बैशाख – अफ्रिकी राष्ट्र सोमालियामा एक मस्जिद भत्किँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

    उक्त दुर्घटनामा परी अन्य ४० जना घाइते भएको बीबीसीले जनाएको छ ।

    राजधानी मुगादीसुन नजिकैको एनेली जिल्लामा रहेको मस्जिदमा प्रार्थनाका लागि सयौं मानिसहरु भेला भएको बेला मस्जिद भत्किएको थियो ।

    मस्जिद भत्किँदा केही पुरिएको हुन सक्ने आशंका गरिएको छ ।