वीरगंज उपमहानगरपालिका हाकीम र कर्मचारीको लिला

38

वीरगंज, २१ वैशाख।  वीरगंज उपमहानगरपालिका कर्मचारीहरू कार्यालय लथालि· पारी पिकनिकमा गएका छन् ।

4aebc5d0c6a1857edf63a8094888b76a_L मधेस आन्दोलन २०७२ को कारण ६ महिना कार्यालय बन्द हुदा विभिन्न शीर्षकमा खर्च गर्नुपर्ने रकमहरू जगेडा भएपछि कार्यालयका कर्मचारीहरू छुट्टाछुट्टै बजेट भाषणपूर्व बाकी रहेका शीर्षकका रकम खर्चिन पिकनिकमा गएको बताइएको छ । वीउमनपाका सामाजिक परिचालक, परिचालिका, अधिकृत र कार्यकारी अधिकृत मकवानपुरको रमणीय स्थल दामन गएका छन् । कार्यकारी अधिकृत कोइराला काठमाडौंबाट दामन आउने बताइएको छ । उनीसमेत वीरगंजबाट गएका करिब ५० जनाको टोलीले हाजिरीमा क्यावी बिदा लेखेका छन् । यो बिदा प्रतिव्यक्तिले आधा दिन पाउने बिदा हो । तर बिहानै वीरगंज छाडेका र सम्भवतः ७ बजे राति आउने कर्मचारी र कार्यकारी अधिकृतले समेत आधा दिनको बिदा लिएका छन् । अधिकृतमा हरिकृष्ण चौरसिया र दिवाकरकृष्ण मानन्धर मात्र कार्यालयमा छन् । यता कृषि विकास कार्यालयका सातजना प्राविधिक र प्रमुख पनि पिकनिकमा छन् । वार्षिक बजेट मिलान गर्न उनीहरू कार्यालय खाली गरी पिकनिक गएका छन् । जेठ १५ मा बजेट आएपछि बाकी शीर्षकका बजेटहरू फ्रिज हुने हुदा सो शीर्षकका रकम खर्च गर्न पिउनको भरमा कार्यालय छाडी प्राविधिक र प्रमुखको टोली पिकनिकमा गएका हुन् । शुक्रवार आधी बिर्दा, शनिवार बिदा भएको र आइतवार मजदुर दिवसको बिदा रहेकोमा दुवै बिदामा पिकनिक नगई कार्यालय खुलेको दिनमा कार्यालय लथालि· पारी पिकनिकमा जानुलाई कसैले पनि राम्रो भनेका छैनन् ।