सीमरामा ३ दिने पत्रकारिता तालीम शुरु

38

received_1381482901869003

सीमरा, २९ बैशाख – जागरण मिडिया सेन्टर काठमाण्डौ र रेडियो सिमराको आयोजनामा आजदेखि बाराको सिमरामा ३ दिने मानवअधिकारमुखी पत्रकारिता अनुशिक्षण तालिम सुरु भएको छ । सिमरा स्थित होटल सम्यकमा आज तालिमको एक कार्यक्रका वीच पूर्व युवा तथा खेलकुदमन्त्रि एवं बारा क्षेत्र नं ६ का सासद पुरुषोत्तम पौडेलले मैनबत्ति बालेर उदघाटन गर्नुभएको हो ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्व मन्त्रि पौडेलले मानवअधिकारमा कुनै जातीयता वा वर्ग नहुने हुनाले सबैलाई समान रुपले अधिकार प्रत्यायोजनको भूमिकामा पत्रकारहरु लाग्नुपर्ने वताउनुभयो ।पत्रकारहरुले नकारात्मक कुरालाई छोडेर सकारात्मक कुरालाई अगाडि बढाउनुपर्ने भन्दै उहाले आवाज बिहिनको आवाज बन्न सुझाब दिनुभयो ।

रेडियो सिमराका कार्यकारी निर्देशक मनोज पौडेलको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा बाराका स्थानीय विकास अधिकारी नारायण प्रसाद पाण्डे, मुक्ति समाज नेपालका केन्द्रिय उपाध्यक्ष सुन्दर विश्वकर्मा, नेपाल पत्रकार महासघ बाराका सभापति कमल कुमार उपाध्याय,इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक पुरुषोतम खड्का, प्रेस चौतारीका अध्यक्ष दिवाकर भण्डारी, प्रेस युनियनका अध्यक्ष गणेश रिजाल लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।

३ दिनसम्म चल्ने तालिममा पत्रकारहरु एकल सिलवाल, केसी लामिछाने, सुन्दर विकले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । कार्यक्रमको सञ्चालन देवनारायण चौधरीले गर्नुभएको भएको थियो भने कार्यक्रमको उदेश्यको बारेमा शिव ज्ञवालीले प्रकाश पार्नुभएको थियो । तालिमा २० जना पत्रकारहरुको सहभागिता रहेको छ ।