अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा ने. मे. क. विद्यार्थीहरुद्वारा अनाथा बालकहरुलाई स्वास्थ्य सचेतना तथा भोजन

48

373100da-18f0-41fa-888d-bff12d3b537e

वीरगंज ३० बैशाख – १९६ औं अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले वीरगंजको छपकंैयामा रहेको यतिम खाना इस्लामिया अनाथालयका बालकहरुलाई भोजन गराई स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्दिन अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा १ सय भन्दा बढी बालकहरुलाई भोजन गराईएको थियो ।
पानसमा दिप प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन पछि कलेजका अध्यक्ष डा. जैनुद्दिन अन्सारीले बालकहरुलाई आफ्नै हातबाट खाना खुवाएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा यतिम खाना इस्लामिया अनाथालयका अध्यक्ष मौलाना अलि असगर मदनी, नेशनल मेडिकल कलेजका एडमिशन तथा परीक्षा विभाग प्रमुख आबिद हुसेन अन्सारी, कोहिनुर बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मुस्तकिमा खातुन, कलेजका एकेडेमीक डाइरेक्टर डा.सबिहा याश्मिन, प्रशासकिय अधिकृत अताउल रहमान अन्सारी, नर्सिङ्ग कलेजकी सहप्राचार्य बबिता सिंह, नर्सिङ्ग डाईरेक्टर साबित्री भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य विजय कुशवाहा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, कोषाध्यक्ष अनुप तिवारी, फोमन पर्साका अध्यक्ष महेशचन्द्र गौतम लगायतको उपस्थिति रहेको कलेजका प्रवक्ता सेराज अहमदले बताउनु भयो ।

कार्यक्रमको सहजिकरण एम.एन. नर्सिङ्ग दोश्रो वर्षकी विद्यार्थी भावना अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा १ सय ७४ जना नर्सिङ्गका विद्यार्थी, ३० जना शिक्षक, ८ जना एम.एन. नर्सिङ्गका विद्यार्थीहरुको विशेष सक्रियता रहेको थियो । कार्यक्रममा नर्सिङ्गका विद्यार्थीहरुले अनाथहरुको खाना आफैंले बनाएर खुवाएका थिए ।“स्वास्थ्य प्रणाली सुधारका लागि नर्सिङसेवा” नाराका साथ विश्वका १३६ मुलुकमा आज विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाईएको हो ।