ब्राजिलको सिनेटद्वारा राष्ट्रपति रुसेफविरुद्ध महाअभियोगको तयारी

    47

    dilma-rousseff-impeachment-brazil.jpg

    ब्राजिल, ३० बैशाख – ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोगको मुद्दा दर्ता हुने भएको छ महाअभियोग मुद्दा दर्ता गर्न सिनेटमा उपस्थित ५० प्रतिशत विधायकको समर्थन प्राप्त हुन जरुरी रहनेछ  

    संसदमा आफूविरुद्ध महाअभियोगको मुद्दा दर्ता हुने लगभग पक्का भएपछि रुसेफका सरकारी वकिलले यहाँको सर्वोच्च अदालतमा अन्तिम अपिलका लागि निवेदन दर्ता गरेकि छन् तर अदालतले राष्ट्रपतिविरुद्धको महाअभियोगको मुद्दा दर्ता गर्नु पहिले निवेदनमाथि बहस सुरु गर्ने सम्भावना भने कमै देखिएको छ  

    यदि रुसेफमाथि महाअभियोग मुद्दा दर्ता भएमा उनि छ महिनाका लागि पदबाट स्वतः निलम्बनमा पर्नेछिन् तर नलाई राष्ट्रपतिबाट हटाउन संसदको दुईतिहाई सदस्यले रुसेफविरुद्ध वा महाअभियोगको पक्षमा मतदान गर्नुपर्नेछ  

    महाअभियोगको मुद्दामाथि बुधबार रातीसम्म वा बिहीबार बिहानै मतदान हुने सम्भावना रहेका जनाइएको छ एएफपी