लायन्स क्लब अफ रौतहट मदनपुरले आगलागी पिढीतलाई राहत वितरण

38

13221689_803103503157447_3177439869617852893_n

रौतहट ३० वैशाख – लायन्स क्लब अफ रौतहट मदनपुरले आज गा.वि.स दिपहीमा आगलागी पिढीतहरुलाई राहत वितरण गरेकाे छ ।
रौतहट जिल्ला गा.वि.स दिपहीमा चैत्र २८ गतेका दिन धेरै हावाहुरीले गर्दा १६ घर जलेर पुनरुपमा नष्ट भएको थियो ।

आज आगलागी पिढीतहरु लाई लायन्स क्लब अफ रौतहट मदनपुरले १६ अौँ चामलको बाेरा र १६ अौटै त्रिपाल क्लबका लायन सुरेन्द्र प्र. पटेलले वितरण गरेका छन ।

साे कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नरहरी बरालले आगाे कसैकाे होइन त्यसैले खाना पकाउने , जताततै सलाई लाईट र राखनुहाेला , आगाे बलने वेलामा राम्ररी सँग आगाे निभाउनु पर्छ ।एक जनाकाे गल्तीले कति जना लाई घर बिहीन बनाईदिन्छ त्यसैले समयमा आगाे बाल्नु र निभाउनु ।हामीले तपाईंहरूलाई विभिन्न संघ संस्थाको सहयाेग रनहत उपलब्ध गराउदै छु प्र.जि.अ. बरालले बताए ।

राहत वितरणमा सहायक प्रहरी उपरीक्षक नविण कृष्ण भण्डारी , गा.वि.स सचिव , गाउँ बासि लगायतकाे उपस्थितिमा राहत वितरण गरिएको छ ।