११ बुन्दा माग पुरा नभए सम्म आन्दोलन कुनै हालतमा नारुकने नेता सोनलको भनाइ

37

185b2d838c0b3d214584f2d9ac2410bb_XL

वीरगंज, ३० बैशाख – केपी शर्मा ओलीको सरकार अस्थाई रहेको बताउदै अहिलेको सरकारले गर्ने कुनै पनि निर्णय आफुहरुलाई मान्य नहुने बताउनु भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय महामन्त्री गाबिन्दप्रसाद चौधरीले तराई मधेसको समस्या समाधान गर्न सरकार उदासिन रहेको टिप्नी गर्नु भएको छ ।

बाराको सदरमुकाम कलैयामा बिहीबार पार्टी निकटको तराई मधेस बिधार्थी फ्रन्टको प्रथम केन्द्रिय अधिवेशनको उदघाटन गरिदै चौधरीले सकारात्मक भुमिका निर्वाह गरी मुलुकमा रहेको जटिलतालाई समाधान गरि चाडै मधेसको मुदा सम्बोधन गर्न आग्रह गर्नु भयो । सार्थक वर्ताको बिस्वासिलो अधार तय गरे मात्र वर्ताका लागि सोच्न सकिने बताउदै पुर्व सासद समेत रहेका चौधरी नामको मात्र वर्ता गरिनुको औचित्य नरहेको प्रष्ट पार्नु भयो ।

सोही कार्यक्रमलाई सम्बोधन गरिदै अर्का महान्त्री जितेन्द्र सोनलले संयुत लोकतान्त्रिक मधेसी मोर्चाले मागेका ११ बुन्दा माग पुरा नभए सम्म आन्दोलन कुनै हालतमा जारी रहने ठाकुवा गर्नु भयो । सरकारले ल्याउने लागेको निती तथा कार्यक्रम तराई मधेसलाई अझै उपेक्ष गरेको हुदा त्यो निती तथा कार्यक्रम आफुहरुलाई मान्य नहुने जानकारी दिनुभयो ।

तराई मधेसको समस्या समाधान नभए सम्म मुलुकमा हुने कुनै पनि निर्वाचन स्वीकार्य नहुने बताउनु निर्वाचन हुने नदिने जस्तो सुकै मुल्य चुकाउनु परे पनि आफुहरु पछि नहटने प्रतिवद्धता समेत गर्नु भयो। बिधार्थी फ्रन्टका केन्द्रिय अध्यक्ष सुरेश मण्डलको सभापतित्वमा सम्पन उदघाटन कार्यक्रममा सासदहरु चन्दा चौधरी, विपी साह, ब्रजेश गुप्ता, रमेश कुर्मी, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्यहरु नवलकिशोर सिह, , श्याम गुप्ता, परमहंस केसरी, लगाएतले शुभकमना मन्तब्य ब्यत गर्नु भएको थियो ।

आजै देखि तराई मधेस बिधार्थी फ्रन्टको बिधीवत अधिवेशन शुरु भएको फ्रन्टका केन्दिय्र महासचिव मनिष मिश्रले जानकारी दिनु भयो । । तराई मधेसको २२ जिल्ला , काठमान्डौ उपत्यकाका ३ जिल्ला, पोखरा र भारतका गरी करिब ४ सय ८० जना प्रतिनिधी तथा पर्यवेक्षकहरुको सहभागिाता रहेको छ । बैसाख ३१ ग्ते सम्म चल्ने अधिवेशनले न्या नेतृत्व चयन गरिदै सम्पन हुनेछ ।