दुईपटक प्रपोज गरे गेट्सले

61

Web

सबैभन्दा ठूलो कम्प्युटर कम्पनी माइक्रोसफ्टका को–फाउन्डर बिल गेट्स विश्वका सबैभन्दा धनी व्यक्ति हुन् । पत्नी मिलिन्डासँग कसरी भयो उनको सम्बन्ध ? विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री : बिल गेट्स र मिलिन्डाको ‘लभ स्टोरी’ रोचक छ । गेट्सले मिलिन्डालाई सुरुमा पार्किङमा प्रस्ताव राखेका थिए । शनिबारको दिन, पार्किङमा गाडी राखेपछि गेट्सले मिलिन्डालाई देखे ।

उनी सोझै मिलिन्डा भएको ठाउँमा पुगे र प्रस्ताव राखे । तर, मिलिन्डाले उनलाई अस्वीकार गरिन् । उनले प्रतिक्रिया दिइन्, ‘यो अत्यन्त फितलो प्रस्ताव भयो । अलिक गहन तरिकाले प्रस्ताव गर ।’ त्यसको दुई सातापछि फेरि बिल गेट्सले मेलिन्डालाई प्रस्ताव राखे । त्यतिवेला मेलिन्डालाई ‘डिनर अफर’ गरेका थिए गेट्सले । तर, यो प्रस्ताव पनि मिलिन्डाले अस्वीकार गरिन् ।

तर, फोन नम्बर दिइन् र भनिन्, ‘फुर्सद भएको समयमा फोन गर्नु ।’ त्यही रात गेट्सले मिलिन्डालाई फोन गरे । त्यसपछि यी दुईको सम्बन्ध नजिकियो । दुवै नजिक हुन थाले । सुरुमा यी दुईको सम्बन्ध गेट्सकी आमालाई मन परेको थिएन । तर, वर्षौँ नजिक भएपछि गेट्सको प्रेमलाई आमाले केही गर्न सकिनन् । त्यतिवेला गेट्स र मिलिन्डा एउटै कलेजमा पढ्थे । गेट्स कलेजमा अत्यन्त ट्यालेन्टेड विद्यार्थीका रूपमा चिनिएका थिए । पछि मिलिन्डा पनि माइक्रोसफ्टकै प्रोडक्ट म्यानेजर भइन् । यसले यी दुईको सम्बन्ध थप बलियो बनायो ।