सँगै नाचे रणवीर क्याट्रिना

64

kdsahf

केही समयपहिले सम्बन्धविच्छेदपछि समाचार आयो, अभिनेता रणवीर कपुर र क्याट्रिना कैफ एक–अर्कालाई हेर्न पनि चाहँदैनन् । हुन पनि यी दुईले सम्बन्धविच्छेदको समाचार आएपछि एउटै पार्टीमा सहभागिता पनि जनाएका थिएनन् । उनीहरूकै कारण फिल्म ‘जग्गा जासुस’को सुटिङ पनि रोकिएको थियो । तर, अब यो सम्बन्धमा नयाँ मोड आएको छ ।

रणवीर र क्याट्रिना सँगै नाचेको फोटो र भिडियो अहिले सार्वजनिक भएको छ । यी दुवै केही अघिसम्म रोकिएको फिल्म ‘जग्गा जासुस’को सुटिङमा सँगै नाचेको देखिएका हुन् । तर, भारतीय मिडियाले स्रोतको हवाला दिँदै रणवीरले क्याट्रिनासँग ‘किस सिन’ दिन नमानेको उल्लेख गरेका छन् । यो सिन दिन नमानेपछि फिल्मबाट यो सिन हटाइएको भारतीय मिडियाको दाबी छ ।