अवैध रुपमा बालुवा उत्खनन् गर्ने ट्रयाक्टर सहित भारतीय नागरिक पक्राउ

171

river

पर्साको पिडारीगुठी गाविस वडा नम्बर ४ बिसुनपुरवामा पर्ने ओरीया खोलामा बालुवा उत्खनन् गर्ने दुइ वटा भारतीय टयाक्टर सहित एक जना भारतीयलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतको सीमासंग जोडिएको पिडारीगुठीमा पर्ने ओरीया खोलामा आज दिउसो अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले नम्बर प्लेट नभएका दुइ वटा इन्जिन र टेल सहितको टयाक्टर र एक जना भारतीय चालकलाइ पक्राउ गरेको हो ।सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुर र सुर्वणपुरबाट सशस्त्र प्रहरी निपिरक्षक शम्भु शाहको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले टयाक्टर सहित भारतको पश्चिम चम्पारण बेतिया जिल्लाको ग्रामपुरवाका ४० वर्षिय फुलेना महत्तोलाइ पक्राउ गरेको हो । टयाक्टरका अर्का चालक भने फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल भारतको दशगजा क्षेत्र भन्द्या एक सय ५० मिटर नेपाल तर्फ पर्ने ओरीया खोलाबाट बालुवा तस्करी गरेर लैजान थालेका टयाक्टर र चालकलाइ पक्राउ गरिएको पर्साका सशस्त्र प्रहरी उपरिक्षक भीम बहादुर थापाले बताउनु भयो । सशस्त्र प्रहरीले टयाक्टर र चालकलाइ नियन्त्रणमा लिने क्रममा सीमापारीबाट आएका भारतीयहरुले सशस्त्र प्रहरी माथि नै आक्रमण गर्न खोजेपछि बल प्रयोग गरेर टयाक्टर र चालकलाइ पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक थापाले बताउनु भयो । पक्राउ परेका भारतीय चालक महत्तोलाइ आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाइएको र टयाक्टर भने सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सुर्वणपुरमा राखिएको सशस्त्र प्रहरी उपरिक्षक थापाले जानकारी दिनु भयो ।