गाविस कार्यालय सहायक अनुपस्थित हुँदा गादीवासी मर्कामा

41

पर्साको गादी गाविसका कार्यालय सहायक, गाविस कार्यालयमा नियमित नबस्दा सेवाग्राही मर्कामा परेका छन् । गाविसका कार्यालय सहायक विरेन्द्र प्रसाद चौधरी नियमित रुपमा कार्यालयमा नबस्दा सेवाग्राही मर्कामा परेका हुन् । चौधरी सचिव देविचरण न्यौपाने सोमबार र बिहिबार कार्यालयमा आउने गरेको भएपनि अन्य दिन कार्यालयमा नियमित नबस्ने गरेको गुनासो स्थानीय बासिन्दाले गरेका छन् । सचिव न्यौपानेले गादी र चोर्नी गरी दुईवटा गाविसको कामकाज हेर्दै आउनुभएको छ । कार्यालय सहायक गाविसमा नबस्दा विभिन्न कामहरु लिएर गाविस कार्यालयमा पुगेका सेवाग्राही त्यसै फर्कने गरेका छन् । नियमित गाविसमा बस्नका लागि आफूहरुले आग्रह गर्ने गरेको भएपनि सहायक चौधरीले वेवास्ता गरेको स्थानीयको गुनासो छ । गाविस सचिव देविचरण न्यौपानेले भने दुई महिना अगाडी त्यस्तै गुनासो आएपछि आफूले सम्झाएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा त्यस्तो गुनासो नआएको दाबी पनि गर्नुभयो ।