उधोगपती केडिया भारतको मोतीहारी नजिकबाट मुक्त

66
बीरगंज १६ जेठ÷Suresh-Kediya
गत बिहिवार १३ गते बाराको बरियारपुरबाट अपहरणमा पर्नु भएका बीरगंजका उधोगी सुरेश केडिया भारत बिहारको मोतीहारी नजिकबाट अपहरण मुक्त भएका छन । उनलाई नेपाल प्रहरी भारतीय प्रहरीको टोलीले अपहरणमुक्त बनाएको हो ।
नेपाली र भारतीय प्रहरीको सहयोगमा उनी  अपहरणमुक्त भएको  भएको पारिवारिक श्रोतले जनाएको छ । उनलाई  भारतीय प्रहरीको सहयोगमै नेपाल ल्याउदै गरिएको छ । अपहरित सुरेश केडियासंग आफ्नो सम्र्पक भएको बीरगंज उधोग वाणिज्यसंघका अध्यक्ष प्रदीप केडियाले जानकारी दिए । संघका अध्यक्ष केडीया अपहरित सुरेशका भाइ हुन । केडीयालाई अपरान्ह ४ बजे सम्म बीरंगज ल्याइने बताइएको छ ।
गहु लगायत कृषि उपजको कारोवारमा संलग्न केडिया ब्यापारिक कामले बाराको बरियारपुर गएर फर्किदा बिहिवार साँझ पसाह पुल नजिकबाट अपहरणमा परेका थिए । अपहरणकारीले उनी सवार बा १० च ७२४० नम्बरको गाडीका चालक पर्साको अलौ निवासी श्याम कानुलाई गोली हानेका थिए । कन्चटमा गोली लागेका कानुको अहिले उपचार भइरहेको छ ।
०६६ साल सम्म भूमिगत संगठनहरुको आतंकका कारण आफना उधोग जान छाडेका उधोगपतीहरु पछिल्लो समय निर्धक्क थिए । उधोगी ब्यापारीले त्यतीबेला आफनो सुरक्षाको निम्ति लिएका सुरक्षा (पिएसओ) गार्ड समेत फिर्ता गरेका थिए ।
पछिल्ला केही वर्ष देखी शान्त जस्तो देखिएको बीरगंजमा अपहरणको घटना पछि डर र त्रास बढेको छ । अपहरणमा संलग्नहरुको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।