वातावरण संरक्षण र विकाससँगै अघि बढाउन निकै चुनौतिपूर्ण : प्रधानमन्त्री अाेली

30
फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, २३ जेष्ठ – संयुक्त राष्ट्रसंघको सन् १९७२ मा सम्पन्न साधारण सभाले विश्वमा हरेक वर्ष जुन ५का दिन विश्व वातावरण दिवस मनाउने घोषणा गरे अनुरुप “हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन” भन्ने नाराकासाथ नेपालमा पनि यो विवस मनाइँदै छ ।

विश्व वाताबरण दिवसको अवसरमा प्रधामन्त्री केपी शर्मा ओलीले एक शुभकामना सन्देश दिँदै  प्रधानमन्त्री केपी ओलीले नेपाल जस्तो अल्प विकसित मुलुकमा वातावरण संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन निकै चुनौतिपूर्ण रहेको बताएका छन् ।

‘वातावरण संरक्षण, दिगो व्यवस्थापन र विकासलाई एकैसाथ अघि बढाउने क्रममा यदाकदा समस्याहरु समेत देखापर्ने गरेको छ । यति हुँदाहुँदै पनि हाम्रा विकासका लक्ष्यहरु पूरा गर्नका लागि हामीसँग भएका श्रोत र साधनको दिगो तथा अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता छ । यस निम्ति नेपाल सरकारले सन्तुलित, दिगो र तिव्र आर्थिक सामाजिक विकासका लागि वातावरण मैत्री प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको म स्मरण गर्दछु ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले अमूल्य र विशिष्ट जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई सम्पूर्ण शक्ति लगाई संरक्षण र सम्बद्र्धन गर्न प्रण गर्ने दिनका रुपमा दिवसलाई लिँदै नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको स्मरण गराए ।

शुभकामना सन्देशमा प्रधानमन्त्रीले भनेका छन् – ‘यति हुँदाहुँदै हाम्रा विकासका लक्ष्य पूरा गर्न, स्रोत र साधनको दिगो तथा अधिकतम प्रयोग गर्न नेपाल सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको स्मरण गर्दछु ।’

प्रधानमन्त्रीले मानवमात्रको हितका लागि प्राकृतिक स्रोतको प्रयोग गर्दा भावी पुस्ताको स्रोतमाथिको अधिकारलाई समेत ख्याल गरी बुद्धिमतापूर्ण उपयोग गर्नु नै आजको आवश्यकता भएको जनाएका छन् ।

उनले अनत्यमा कार्यक्रम परिलक्षित गरी कार्यान्वयनमा कटिवद्ध रहन यस दिवसको उपलक्ष्यमा सम्पूर्ण पेशाकर्र्मी, सरकारी निकाय, गैरसरकारी संघ संस्था, स्थानीय निकाय, निजी क्षेत्र, दातृ निकाय एवं सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइहरुलाई अपिल गरेका छन् ।