प्रहरी र तस्करबीच गोली हानाहान

55

ad
बीरगंज ३१ जेठ÷
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी रङ्गपुरको संयुक्त गस्तीटोलीले गएराती २ बजे शंकरसेरैयाको भलुवाई खोलाबाट १ क्वीन्टल २० के.जी. गाजा बरामद गरेको छ । पटेर्वा सुगौलीका प्रहरी निरीक्षक गोपाल ढकाल , रङ्गपुर का प्रहरी सहायक निरीक्षक कमल बहादुर कार्कीको नेतृत्वमा रहेको गस्तीटोलीले राष्ट्रिय आरक्ष र जंगल कोबाटो प्रयोग गरि मकवानपुरको मनहरीतर्फबाट ल्याउदै गरेको १० बोरामा रहेको सो गाजा बरामद गरेको हो । गाजा बरामद गर्ने क्रममा तस्करहरुले प्रहरी बिरुद्ध गोली चलाएपछि जवाफी कारवाहीमा प्रहरीले पनि २ राउण्ड गोली चलाउनु परेको पर्साका प्रहरी नायव उपरिक्षक होमेन्द्र बोगटीले जानकारी दिनु भयो । प्रहरी कारवाही पछि तस्करहरु फरार भएका थिए । प्रहरीले बरामद गरेको गाँजा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।