मतदाता अधिकार मंचमा लामिछाने

85

बीरगंज ३१ जेठ ।पर्सा जिल्लामा क्रियाशिल सामाजिक संस्थाहरुको भेलाले जिल्ला मतदाता अधिकार मंच गठन गरेको छ । जिल्ला बिकास समिति पर्साको सभाकक्षमा भएको भे13453912_1406232472727379_750803243_nलाले चेस नेपालका उपाध्यक्ष के.सी.लामिछानेलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएका छन ।
मंचको उपाध्यक्षमा आदीवासी जनजाती महासंघ पर्साका अध्यक्ष कमल बहादुर पिठाकोटे सचिवमा दलीत महिला संघका तर्फबाट निला राम र कोषाधयक्षमा बीरगंज महिला जागरण समाजका कविता खड्का चयन भएका छन ।
मंचको सदस्यमा परिर्वतनकालागि युवाका बिश्वास दिवेदी,सहयोगी नेपालको तर्फबाट औरन्जेव अहमद,अभय दास,एकल महिलाको तर्फबाट राजकुमारी उपाध्याय लगायत १५ सदस्यीय समिति निर्माण गरेको छ । भेलाले जिल्ला बन समन्वय समितिका श्याम पटेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकारी समिति पनि चयन गरेको छ । समितिको सदस्यहरुमा नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरु सदस्य रहेका छन । यस अभि भेलामा जिल्ला निर्वाचन कार्यालय पर्साका निमित्त प्रमुख महम्मद मैनुदिनले स्वच्छ निष्पक्ष निर्वाचनकालागि मतदातालाई आफ्नो अधिकारका बारेमा जागृत बनाउनु पर्ने बिचार ब्यक्त गरे । त्यस्तै नेपाल महिल मुस्लिम महिला समाजकी सीमा खानले मतदाता अधिकार मंचका माध्यामले लोकतन्त्रलाई मजबुत बनाउने आधार निर्माण गर्न सहयोग पुग्ने बताइन । नेपाल पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछानेले बन्दुकको गोली भन्दा शक्तिशाली हुने मतलाई प्रभाव र दवावमा पारेर दरुपयोग गर्ने प्रवृतिलाई निरुत्साहीत गर्न आवश्यक रहेको औल्याएका थिए । उनले लोकतान्त्रिक गणतन्त्रलाई जनताको झूप्रो सम्म पुर्याउनकालागि स्वच्छ बतारणमा मतदाताले मदतान गर्ने वतावण बनाउन जरुरी रहेको बताए ।
नेपाल महिला मुस्लिम समाज पर्साका संयोजक तवेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका प्रमुख सुनील कंण्ठ राष्ट्रीय मतदाता अधिकार मंचलका तक बहादुर तमागं लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन कविता खडकाले गरेकी थिइन ।