विश्व रक्तदाता दिवसमा रक्तदान गर्ने संस्थाहरु सम्मानित

58

13413637_1725520844381194_9133973414152490624_n
वीरगंज, ३२ जेठ÷
विश्व रक्तदाता दिवसको अवसरमा मड्डलवार ब्लड डोनर्स एसोसिएसन र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले संयुक्तरुपमा रक्तदान गर्ने सङ्घसंस्थाहरुलाई सम्मान गरेको छ ।
नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको सभाकक्षमा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि जिविस पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले रक्तदान कार्यक्रममा सहभागी सङ्घसंस्थाहरुलाई सम्मान गरेका थिए । ब्लड डोनर्स एसोसिएसन र रेडक्रसले यसवर्ष २०७२ साउनदेखि २०७३ वैशाखसम्म रक्तदान गर्ने संस्थामध्ये सय पिन्ट रगत सड्ढलन गरेका, ग्रामीण क्ष्ँेत्रमा सय पिन्टभन्दा बढी रक्तदान गरेका, एकै वर्ष एक पटकभन्दा बढी रक्तदान गरेका संस्था र कलैयामा रामरहिम रक्तदान कार्यक्रम आयोजना गरी सामाजिक उदाहरण बनेका जड्डबहादुर यादव र महम्मद समीर अहमदलाई सम्मानित गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले रक्तदान कार्यक्रममा आर्थिक समस्या आउनु स्वभाविक भएको बताए । उनले रक्तदान कार्यक्रमलाई सफल बनाउन जिविस र नगरपालिकाले बजेट विनियोजन गर्नुपर्ने बताए । अर्यालले जिविसबाट बजेट विनियोजन गर्ने कुरामा आपूm सकारात्मक भएको बताएका थिए । उनले आगामी वर्ष रक्तदान कार्यक्रमको लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जाहेर गरे ।
नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगंजका अध्यक्ष भगवतीप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा रेडक्रसको उपाध्यक्ष मधु राणा, पर्सा बारका अध्यक्ष प्रमोद साहलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धर र स्वागत ब्लड डोनर्स एसोसिएसन पर्साका सचिव अरविन्द सिंहले गरेका थिए ।
यसअघि सोमवार विश्व रक्तदाता दिवसको अवसरमा घण्टाघरबाट ¥याली निकालिएको थियो । वीरगंजमा रहेका विभिन्न नर्सिङ क्याम्पसका छात्राहरु, रेडक्रसकर्मी, जुनियर रेडक्रस सर्कल, ब्लड डोनर्स एसोसिएसन, सञ्चारकर्मीलगायतको सहभागितामा निकालिएको ¥याली नाउक्षे अस्पतालमा पुगेर समापन भएको थियो । ¥यालीपछि आयोजित कोणसभामा रक्तसञ्चार केन्द्रका अध्यक्ष भगवतीप्रसाद चौधरी, ब्लड डोनर्स एसोसिएसन पर्साका अध्यक्ष शत्रुघ्न नेपाल, रेडक्रसको उपाध्यक्ष मधु राणाले वार्षिकरुपमा जुन १४ का दिन मनाइने विश्व रक्तदाता दिवस यसवर्ष पनि वीरगंजमा तीन दिने कार्यक्रम गरी मनाइएको बताए । उनीहरुले रक्तदान कार्यक्रमलाई पर्सा जिल्लामा सफल बनाउन सबैले आआप्mनो तहबाट सहयोग पु¥याइरहेको जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण रक्तसञ्चार केन्द्र वीरगंजका प्रवीण मानन्धरले गरेका थिए ।