छिट्टै विवाह गर्दै छिन् क्याट्रिना !

61

Katrina Kaif

नंया दिल्ली , १ असार – बलिउड अभिनेत्री क्याट्रिना कैफको विवाहको तयारी सुरु भइसकेको छ । भारतीय मिडियाको रिपोर्टलाई मान्ने हो भने उनकी आमा सुजैन अहिले उपयुक्त वरको खोजीमा छिन् । अभिनेता रणवीर कपुरसँग ब्रेकअप भएपछि सुजैनलाई क्याट्रिनाको विवाह गर्न हतार गरेको भारतीय मिडियामा रिपोर्ट छ । रणवीर र क्याट्रिनाको ब्रेकअप यसै वर्षको सुरुवातमा भएको हो ।

जनवरीको पहिलो साता रणवीरले सँगै बस्दै आएको अपार्टमेन्ट छाडेपछि यो चर्चा भाइरल भयो । तर, रणवीर र क्याट्रिनाले भने यो कुरा अहिलेसम्म भनेका छैनन् । बरु, उनीहरू फिल्म ‘जग्गा जासुस’को रिलिज डेट कुरिरहेका छन् । यसबीचमा सुजैनले यी दुईको सम्बन्ध सुधार्ने प्रयास पनि गरेकी थिइन् । तर, उनी सफल भइनन् ।