वीरगंज कारागारमा फोरम नेपालद्धारा मुस्लिम कैदीलाई इफ्तारको खाद्यान्न समाग्री वितरण

29

1 (1)

वीरगंज, ०१ असार  – संघीय समाजवादी फोरम नेपाल वीरगंज नगर समितिका अध्यक्ष राजुदिन बाबुको नेतृत्वमा वीरगंज कारागार गएको टोलीले खाद्यान्न समाग्री वितरण गरेको छ । कारागारमा रहेका मुस्लिम कैदीबन्दीहरुका लागि ११ हजार मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको थियो । मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व रमजानको आज ९औ दिन फोरम नेपाल वीरगंज समितिका अध्यक्ष राजुदिन बाबु र मुस्लिम फोरमका केन्द्रिय सचिव नेक महम्मदको विशेष पहल एवं आर्थिक सहयोगमा वितरण गरिएको थियो ।

सो वितरण कार्यक्रममा संघीय प्रेस फोरमका केन्द्रिय सहकोषाध्यक्ष संतोष पटेल, युवा फोरम पर्साका अध्यक्ष शेख जलसोदिन, वीरगंज कारागारका नाईके दुर्गा पटेल, प्रहरी सहायक निरिक्षक भानु अचार्य, संघीय समाजवादी फोरम नेपाल वीरगंज नगर समितिका सचिव सन्तोष सर्राफ, नगर सदस्यहरु अमजद खान, माहन साह, अम्बिका साह, शेख रुस्तम, ई रिक्शा संघका फिल्ड इन्चार्ज परमानन्द ठाकुर लगायतको उपस्थिति रहेको थियो ।