सांसद अमात्यद्वारा छपकैंया छठघाटको शिलान्यास

37

DSC_4418

वीरगंज, ०१ असार – पर्सा क्षेत्र नं. १ का सांसद राजेन्द्र बहादुर अमात्यले वडा नं १ छपकैंयामा व्यवस्थित छठघाट बनाउने अभियानमा उपमहानगरपालिका संगै स्थानिय बासिन्दाहरुको पनि सामुहिक सहयोग हुनुपर्ने कुरामा जोड दिनुभएको छ । छपकंैयामा निर्माण गर्न लागिएको छठघाटको आज एक समारोहका बिच शिलान्यास गर्नु हुँदै सांसद अमात्यले जनचाहना अनुरुप व्यवस्थित छठघाट निर्माणमा सबैको सहयोग जुटेमा छिटै सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।

सो अवसरमा उहा“ले छठघाट निर्माणका लागि जग्गा दान गर्ने जग्गादाता र श्रमदान गर्ने श्रमदाताहरुलाई समेत सम्मान गर्नु भएको थियो । सोही अवसरमा छठघाट परिसरमा विभिन्न जातका ३ सय बोट बिरुवाहरु समेत रोपिएको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक भिमबहादुर थापा, वीरगंज उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइराला, योजना प्रमुख प्रकाश अमात्य, नेपाली कांग्रेस वीरगंजका नगर सभापति भोला साह कलवार लगायत छपकैंयाका स्थानिय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।