बीरगंजका आठजना चिकित्सक सीआइवीको फन्दामा

31

Birgunj doctors after operation quack

वीरगंज, ३ असार – नक्कली प्रमाणपत्रधारी भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइवी)को टोलीले बीरगंजबाट आठ जना चिकित्सकहरुलाई शुक्रवार गिरफ्तार गरेको छ । बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा अर्थोपेडिक्सका रुपमा कार्यरत डा.सरोज सिंह,बालरोग बिशेषज्ञ डा.कुशराज गिरी डा.पनालाल पटेल नीजी क्लिनीकमा कार्यरत नाक कान घाँटी रोग बिशेषज्ञ डा. दिनेश साह र अरुण गुप्तालाई कार्यस्थलबाटै सीआइवीको टोलीले नियन्त्रणमा लिएको हो । त्यसैगरि नेशनल मेडिकल कलेजबाट डा.निमेश रमन पल, डा.इशाद उलहक र डा.महममद राहुल्लालाई गिरफतार गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरिक्षक फिरोज बस्नेतको नेतृत्वमा रहेको टोलीले चिकित्सकहरुलाई गिरफ्तार गरेको हो । अस्पतालका डा.हरुलाई प्रहरीले लगेको तर लानु पर्ने कारण बारे आफूलाई थाहा नभएको अस्पताल बिकास समितिका सदस्य सुदीप लामाले जानकारी दिए । गिरफ्तार गरिएका चिकित्सकहरुलाई आजै काठमाण्डौ लगिएको छ । चिकित्सक गिरफ्तारीको बिरोधमा नेशनल मेडिकल कलेज र नारायणी उपक्षक्षेत्री अस्पताल सहित अन्य अस्पताल नीजि क्लिनीकले आफनो सोवा बन्द गरेका छन । ओपीडी सेवा बन्द गरिएको छ ।

प्रहरीले अस्पतालमा कार्यरत चित्किसकलाई अपहरण शैलीमा नियन्त्रणमा लिएको भन्दै चिकित्सकहरुले बिरोध गरेका हुन । अनुसन्धानको लागि गिरफ्तार गर्दा हामीले अवरोध गर्ने काम गर्दैनौ तर बिरामीले पाउदै आइरहेको सेवामा समेत नकारात्मक प्रभाव पर्ने गरि गरिएको धरपडकले आतंक सृजना गरेको नेपाल चिकित्सक संघका पूर्व सचिव डा.निरज सिंहले बताए । चिकित्सकहरुको टोलीले अपहरण शैलीमा भएको गिरफ्तारीको बिरोधमा जिल्ला प्रहरी कार्यालय पर्सामा नारावाजी पनि गरेका थिए । पर्साका प्रहरी नायव उपरिक्षक होमेन्द्र बोगटीले पनि केन्द्रीय अनुसन्धान ब्यूरोले गिरफतार गरेको जानकारी दिनु भयो ।