सद्भावना पार्टी वीरगंज वडा न. ९ मा इकाइ कमिटी गठन

31

om1

वीरगंज, ४ असार – सद्भावना पार्टी वीरगंजले संगठन बिस्तार क्रमलाई निरंतरता दिदै आज वडा नं. ९ मा ताजुदिन हवारी को अध्यक्षतामा ३१ सदस्यीय ईकाइ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा रामाशंकर सरार्फ, कोषाध्यक्ष शैलेस श्रीवस्तव,सचिव अभय कुमार सोनि, सह–सचीव सबुदा खातुन,सदस्यहरुमा कन्हैया गुप्ता ,संजय साह तेली,संदिप पटेल ,नरायण मगर ,गणेश पटेल ,श्रवन पटेल,शर्मिला खातुन ,अबिदा खातुन,शैलेस श्रीवास्तव,मन्केस पटेल लगायतका रहेका छ्न ।

यसैगरि सोही वडामा बिना श्रीवास्तव को अध्यक्षता मा १५ सदस्यीय महिला मञ्च गठन गरिएको छ । समितीको सचिव सबु खातुन,सदस्यहरुमा सायरा खातुन,सबदा खातुन,तेत्री देबि,सबिता साह,सिला देबि ,उमा यादव,सिला देबि लगायतका रहेका छन् ।

वडा कमिटी गठन सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सरार्फको अध्यक्षतामा सम्पन्न भएको थियो । सो भेलामा पार्टीका सह महामन्त्री सुरेन्द्र कुर्मी , केन्द्रिय सदस्य निजामोदिन समानि, जिल्ला सचीव राजेस साह, जिल्ला सदस्य अनिरुद कलवार,महिला मञ्चका नगर अध्यक्ष सुनिता रौनियार ,नगर सदस्यहरु पंकज पटेल ,संजय पटेल,प्रकाश सरार्फ,प्रकाश रौनियार , नगर सचिव बिना अधिकारी लगायतकाले नव गठित समितीलाई शुभकामना मन्तव्य दिदै वक्ताहरुले समृद्ध वीरगंज संगै समृद्ध मधेसको लगि काम गर्नुपर्ने धारणा राख्दै अधिकार र पहिचानको आन्दोलनमा सक्रिय सहभागिता निर्वाह गर्न जोड दिएका थिए । समाजमा बिकासको नाममा हुने भ्रष्टचारको भण्डाफोर गर्दै समाजका विकृतीहरुलाई समाजिक आन्दोलनबाट तह लगाउनु पर्ने धारणा राखेका थिए ।