राष्ट्रिय सहमति विना चुनाव असम्भव : प्रचण्ड

32
फाइल तस्बिर

विराटनगर, ४ असार – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ राष्ट्रिय सहमति बिना कुनै पनि निर्वाचन असम्भव रहेको दावी गरेका छन ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संविधान कार्यान्वयन र मुलुकको निकासकोलागि निर्वाचन आवश्यक रहेपनि त्यसकोलागि राष्ट्रिय सहमति अनिवार्य रहेको बताए ।

प्रचण्डले निर्वाचनकोलागि प्रमुख प्रतिपक्षी र आन्दोलनरत दलहरुसँग गंभिर छलफल र सहमतिको आवश्यकता रहेकोमा जोड दिदै सरकारले ल्याएको कार्ययोजना सकारात्मक भएका भएपनि राष्ट्रिय सहमति नहुँदा सम्म चुनाव त्यसको अर्थ नहुने दावी गरे ।

उनले आगामि एक महिना भित्र राष्ट्रिय सहमति सरकारको संभावना औल्याउँदै सहमतिय सरकारका विषयमा दलहरुबीच कुराकानी भइरहको बताए ।
मधेसी मोर्चाले अगाडि सारेको संबिधान पुनर्लेखनको पुरा गर्न नसकिने स्पष्ट पार्दै संबिधान पुनर्लेखनमा जाने बितिकै संबिधान खारेजीको संभावना बढेर जाने चिन्ता ब्यक्त गरे ।