संघको आव्हानमा अस्पतालको सेवा ठप्प

58

13480375_1410587102291916_1956652247_n

बीरगंज, ५ असार – नेपाल चिकित्सक संघ बीरगंजको आव्हानमा बीरगंजका सरकारी तथा नीजि अस्पतालको सेवा ठप्प भएको छ । गत शुक्रवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आशङ्कामा बीरगंजका ९ जना डाक्टर पक्राउ गरेको विरोधमा आईतबार वीरगञ्जका डाक्टरहरुले निजी तथा सरकारी अस्पतालहरुको सेवा ठप्प पारेका हुन ।

संघको आयोजनामा चिकित्सकहरुले बीरगंजमा जुलुश समेत प्रर्दशन गरेका छन । उनीहरुले आजै पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउदै फक्राउ गरिएका चिकित्सकहरुलाई २४ घण्टाभित्र रिहा नगरे बीरगंजका सरकारी तथा निजी अस्पतालको आकस्मीक सेवा समेत बन्द गर्ने चेतावनी दिएको संघका उपाध्यक्ष डा.प्रमोद सर्राफले बताए ।

संघको आव्हानमा वीरगञ्जको सरकारी नारायणी उपक्षेत्रीय अस्पतालसहित करीब एक दर्जन निजी अस्पतालको सेवा ठप्प परिएको छ । अस्पतालको सेवा बन्द भएपछि उपचारका लागि आउने बिरामीलाई समस्या भएको छ । डाक्टरहरुले निजी क्लिनिक र औषधि पसलसमेत बन्द गराएका छन् ।

13450086_568434683336154_6948371128095441376_n

सिआइबीले असार ३ गते बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा अर्थोपेडिक्सका रुपमा कार्यरत डा.सरोज सिंह,बालरोग बिशेषज्ञ डा.कुशराज गिरी डा.पनालाल पटेल नीजी क्लिनीकमा कार्यरत नाक कान घाँटी रोग बिशेषज्ञ डा. दिनेश साह र अरुण गुप्तालाई कार्यस्थलबाटै नियन्त्रणमा लिएको थियो ।

त्यसैगरि नेशनल मेडिकल कलेजबाट डा.निमेश रमन पल ,डा.इशाद उलहक र डा.महम्मद राहुल्लालाई नियन्त्रणमा लिइ सोही दिन उनीहरुलाई काठमाण्डौ लगिएको थियो । बीरगंबाट चिकित्सकहरु पक्राउ परेपछि त्यसको समाजिक संजालमा समेत ब्यापक प्रतिक्रियाहरुका आएका छन । धरैजसोले प्रहरीको कामलाई प्रशंसा गर्दै स्यावासी दिएका छन । केहीले भने चिकित्सकहरुलाई पक्राउ गर्ने शैलीको बिरोध गरेका छन । केहीले मधेशी भएकै कारण उनीहरुलाई पक्राउ गरिएको भन्दै प्रतिक्रियाहरु लेखेका छन ।