आर्थिक चलखेलका कारण अनियमित उत्खनन रोकिएन

73
तस्विर : बिभिन्न स्थानमा स्टोर गरिएको गिट्टी बालुवा र गिटी बालुवा निकासी गर्दा ढलेको रुख ।
बिभिन्न स्थानमा स्टोर गरिएको गिट्टी बालुवा

बीरगंज ६ असार – गिट्टी बालुवाको अनियन्त्रित उत्खननका खवर बिभिन्न संचार माध्यमबाट सार्वजनीक भएपछि जिल्ला बन कार्यालय पर्साले उत्खनन कार्य रोकिएको छैन । पर्साको जमुनिया नदीमा नदीजन्य पर्दाथ उत्खननका क्रममा एक्साभेटरले बनाएको पोखरी सोमवार भर्ने काम भएको छ । जिल्ला बन कार्याल पर्साका  प्रमुखको आदेशमा पोखरी भर्ने काम भएको स्थान्ीयले बताएका छन । आइतवार राती २ बजे जिल्ला बन कार्यालयका प्रमुखले रंगपुर रेन्जपोष्टका रेन्जरलाई मंत्रालयबाटै खोजी हुन थाल्यो अव गा¥हो भयो भोली देखी पोखरी पुर्नु र निकासी रोक्नु भनी आदेश गरेका थिए । जमुनिया खोलाबाट ३२ वटा ट्रिपर र १ सय ५० वटा ट्रयाक्टरले दैनीक रुपमा गिट्टी बालुवा निकासी गरिरहेका छन । त्यसरी निकासी गरिएको गिट्टी बालुवा बिभिन्न स्थानमा सडक छेउमै स्टोर गरिएको छ । मेशीनको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गर्ने क्रममा नदी छेउछाउका रुखहरु समेत ढलेका छन । यस्तो हुदा समेत जिम्मेवार निकायहरु मौन हुनु अचम्मको बिषय भएको छ ।

जमुनिया खोलाबाट आर्थिक चलखेलकै कारण एक्साभेटर लगायतका मेशीनबाट गिट्टी बालुवाको उत्खनन भएको पुष्टी भएको छ ।नदीजन्य पर्दाथको उत्खनन सम्बन्धी कार्यविधि २०७२ ले मेशीनहरुको प्रयोग गरेर गिट्टी बालुवाको उत्खननमा रोक लगाएको छ ।

तस्विर : बिभिन्न स्थानमा स्टोर गरिएको गिट्टी बालुवा र गिटी बालुवा निकासी गर्दा ढलेको रुख ।
बिभिन्न स्थानमा स्टोर गरिएको गिट्टी बालुवा

जिल्ला बिकास समिति पर्साले समेत ठेकेदार पक्षसंग गरेको कवुलीयतनामामा पनि गिट्टी बालुवाको उत्खननमा मेशीन यन्त्रको प्रयोग गर्न नपाइने उल्लेख छ । तर ठेकेदार पक्षले कार्यविधिले तोकेको मापदण्ड बिपरित खोलामा ४ वटा एक्साभेटर र लोडरको प्रयोग गरेर गिट्टी बालुवाको उत्खनन गरिरहेको छ । ठेकेदार पक्षले स्थानीय बन चौकी र प्रहरी चौकीलाई मासीक १५ हजारका दरले आर्थिक नजराना दिने गरेको स्रोतको दावी छ । त्यस्तै स्थानीय अगुवाहरुलाई मिलाउन २ लाख रुपैया खर्चेको र जिल्ला बनका प्रमुख ,स्थानीय बिकास अधिकारी र पर्साका प्रमुख जिल्ला अधिकरी समेतलाई आर्थिक रुपमा सेवा गरेकोले कसैले केही नबिगार्ने भन्दै निर्धक्क भएर कार्यबिधिको बिपरित नदीजन्य पर्दाथको दोहन गरेको ठेकेदार पक्षले बताउने गरेको स्रोतको दावी छ ।

तस्विर : बिभिन्न स्थानमा स्टोर गरिएको गिट्टी बालुवा र गिटी बालुवा निकासी गर्दा ढलेको रुख ।
बिभिन्न स्थानमा स्टोर गरिएको गिट्टी बालुवा

ठेकेदारले लोडर र एक्साभेटरको प्रयोग गरेर नदीजन्य पदार्थको उत्खनन गरिरहेका छन । उत्खनन कार्यबिधिको ६.४ मा नदीजन्य पदार्थको उत्खनन गर्दा जिविसबाट खटिएका तथा बन कर्मचारीको समेतको प्रत्यक्ष निर्देशनमा रेखाकंन गरिएको घाट क्षेत्र भित्रको सीमाबाट मात्र हाते औजार  र श्रममुलक  प्रविधिको मात्र प्रयोग गरि निकाल्ने भारी यान्त्रिक उपकरण प्रयोगलाई निरुत्साहीत गर्ने उल्लेख छ । खोलाको १५ मिटर दाया र १५ मिटर बाँया छाडेर १ मिटर सम्मको गहिराई बाट गिट्टी बालुवाको निकासी गर्न कार्यबिधिले मापदण्ड बनाएको छ । तर ठेकेदार पक्षले गिट्टी बालुवाको उत्खनन गर्दा जता ततै पोखरी जस्तो बनाएको छ । पर्सामा नदीजन्य पर्दाथको उत्खनन कार्यविधि २०७२ ले निर्दिष्ट गरेको भन्दा बिपरित गएर ठेकेदार पक्षले नदीजन्य पर्दाथको उत्खनन गर्ने र त्यसमा नियमनकारी निकायको समेत मौन सर्मथन देखिनुले थप संशय पैदा गरेको छ । जिल्ला बिकास समितिले भलुवही खोला २९ लाख  भोडाह १९ लाख ६५ हजार र जमुनिया खोला २१ लाख ५५ हजारमा ठेक्का लगाएको छ । तर ०७२ चैत २३ गते जिल्ला बिकास समितिले बनाएको अनुगमन समितिले स्थलगत अनुगमन गरेर  दिएको प्रतिवेदन अनुसार भोडाहा खोलको अत्यधिक दोहन भएको र त्यसले आफनो वहावको धार समेत परिर्वतन गर्न सक्ने जसले वतावरणमा प्रतिकूल प्रभाव समेत परिरहेकोले त्यहाको ठेक्का बदर गर्न समेत सुझाव दिएको थियो । तर जिल्ला बिकास समितिले यो सुझावलाई कार्यान्वयन गरेको छैन ।

 

तस्विर : बिभिन्न स्थानमा स्टोर गरिएको गिट्टी बालुवा र गिटी बालुवा निकासी गर्दा ढलेको रुख ।
बिभिन्न स्थानमा स्टोर गरिएको गिट्टी बालुवा

 

rukh
गिटी बालुवा निकासी गर्दा ढलेको रुख ।