जेष्ठ नागरिकको भत्ता पांच हजार बनाउन माग

30

13515288_1412168772133749_140992431_n

वीरगंज ७ असार – जेष्ठ नागरिक समाजले बर्तमान सरकारले जेष्ठ नागरिकलाई कही हद सम्म सम्मान गरेको बताएको छ । जेष्ठ नागरिकको हक हितका निम्ति आन्दोलन गर्दै गर्दा १६ जनाले काठमाण्डौमा मृत्यु बरण गर्दा समेत सरकारले केही नसुनेको भएपनि बर्तमान सरकारले जेष्ठ नागरिकको भत्ता बढाएर सम्मान गर्न खाजेको जेष्ठ नागरिक समाजको निष्कर्ष रहेको छ । जेष्ठ नागरिक समाजले ६० वर्ष पुरा गरेका ब्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन । उनीहरुले कम्तीमा समाजिक सुरक्षा भत्ताको रकमलाई बढाएर ५ हजार पुर्याउन माग गरेका छन । देश भ्रमणको क्रममा बीरगंजमा आइपुगेको जेष्ठ नागरिकको टोलीले नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आयोजीत अन्तरक्रिया कार्यक्रममा आफना यस्ता मागहरु रहेको जानकारी गराएको हो ।

समाजका अध्यक्ष महा प्रसाद पराजुलीले उडने र गुडने यातायातका साधानमा आफूहरुलाई ५० प्रतिशत छुटेको ब्यवस्था हुनु पर्ने उपचारका निम्ति सरकारी सत प्रतिशत र नीजी अस्पतालमा ५० प्रतिशत छुटको ब्यवस्था हुनु पर्ने माग गरे ।जेष्ठ नागरिक जीवीत रहदा सम्म उनीहरुको सम्पतिीम ाछोरा छोरीको हक नलाग्ने ब्यवस्था मिलाउन समेत उनले माग गरे । उनले जेष्ठ नागरिक सम्मान नभएको भन्दै सम्मानको वतावरण बनाउन समेत माग गरे । भ्रमण टोलीमा नयेन्द्र बहादुर खड्का,हरिभक्त कटुवाल ,मान वहादुर चौहान ,चन्द्रमाया चुडाल र गणेश बहादुर श्रेष्ठ रहेका छन । स्थनीय रुपमा समाजको अन्तरक्रिया कार्यक्रमको ब्यवस्थापन प्राध्यापक बीरेन्द्र साहले गरेका थिए ।