नेपाली कांग्रेस पर्सा क्षेत्र न. १ द्वारा श्रद्घान्जली सभा सम्पन्न

34

IMG_6011

वीरगंज, ८ असार – नेपाली कांग्रेस वीरगंज वडा न. १ का बुथ सभापति विश्वनाथ साह तेलीको १३ औं दिनको पुण्य तिथिको अवसरमा आज एक समारोहका बीच श्रद्घान्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्सा क्षेत्र न. १ द्वारा वीरगंजको छपकैंयामा आयोजित श्रद्घान्जली सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका पुर्व सभापति एंव सभासद अजय द्विवेदीले साहको निधनले पार्टिमा अपुरणीय क्षति भएको बताउनु भएको छ ।

यसैगरी अर्का नेता एवं जिविस पर्साका पुर्व सभापति जनार्दन सिंह क्षेत्रिले स्व. साह पार्टिको निडर एवं वफादार कार्यकर्ता रहेको चर्चा गर्दै सोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्नु भएको थियो ।

नेपाली कांग्रेस पर्सा क्षेत्र न. १ सभापति विजय सर्राफको सभापतित्वमा सम्पन्न भएको श्रद्धान्जली सभामा क्षेत्र नम्बर २ का सभापति अरविन्द कुमार गुप्ता, नगर सभापति भोला साह कलवार, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, नेवि संघका केन्द्रिय सदस्य बैकुण्ठ श्रीवास्तब, पुर्वा सभासद ओम प्रकाश शर्मा, महाधिवेशन प्रतिनिधिहरु प्रकाश उपाध्याय, प्रेमचन्द्र दुबे, श्याम पटेल, नरेन्द्र साह, रामरुप कुर्मि, शुशिल खेतान, राजेश तिवारी लगायत पार्टिका कार्यकर्ताहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।