वीरगंजमा ७ दिने धुप बनाउने तालिम सम्पन्न

34

13514225_1412989645384995_668929159_n

वीरगंज, ८ असार – वीरगंज उपमहानगरपालिकाको आर्थिक सहयोग र स्किल ट्रेनिङ्ग कन्सल्टेन्सी सेन्टर वीरगंज – १५ को आयोजनमा संचालित ७ दिने धुप बनाउने निशुल्क तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

संस्थाका अध्यक्ष प्रमोद प्रसाद साहको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथी वीरगंज उपमहानगरपालिका समाजिक बिकास शाखाका प्रमुख सुनिल कुमार कर्ण,अतिथीहरु वडा नं. १५ का समाजिक परिचालिका कौशाल्य बुढाथोकी, वडा नं. १६ का समाजिक परिचालिका संजु कोइराला ,नारायणी अगरबति उद्योग संचालक अर्पणा गिरी ,वागेश्वरी अगरबती उद्योगका संचालक रितेश गिरी लगायतकाले आ आफनो मन्तव्य व्यक्त गरेका थिए ।

जेठ ३२ गतेदेखी असार ७ गते सम्म वीरगंज स्थित मुर्ली नयाँ टोलमा संचालित धुप बनाउने तालिममा वडा नं. १५ र १६ गरी कुल ३० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमका सहभागिहरुलाई शान्ता श्रेष्ठले प्रशिक्षण दिएकी थिइन । कार्यक्रममा प्रमुख अथिती कर्णले तालिममा सहभागि महिलाहरुलाई प्रमाण पत्र बितरण गरेका थिए । कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष प्रमोद प्रसाद साहले गरेका थिए ।